इटहरीकी मञ्जु पौडेल सर्दु जलाधारमा मृ*त फेला, घटना शंकास्पद

  • मंसिर ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधार क्षेत्रको दुर्गम भिरालो खोल्सामा मृत फेला परेकी छन्।

घटनास्थल, शवको अवस्था र फेला परेका सामानहरूले घटनालाई शंकास्पद देखाएको प्रहरीको निष्कर्ष छ। तर प्रारम्भिक रूपमा भने प्रहरी पक्षले भिरालोमा लडेर मृत्यु भएको आशंका व्यक्त गरेको छ।

मञ्जु कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। उनी घर नफर्केपछि परिवारले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजीको निवेदन दिएका थिए।

त्यसपछि खोजीका क्रममा धरान–४ को बौद्ध विहार नजिकै कोशी लोकमार्ग छेउमा उनको रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्यागलगायतका व्यक्तिगत सामान भेटिएका थिए।

मञ्जुको शव मंगलबार दिउँसो करिब २:३० बजे धरान–धनकुटा सडकछेउ पर्ने सर्दु जलाधारको निकै भीरालो र दुर्गम भूभागमा घोप्टो अवस्थामा फेला परेको थियो। शव भेटिएको स्थान धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार प्रारम्भिक दृष्टिले भिरालोमा लडेर वा घिस्रिँदा मृत्यु भएको देखिए पनि घटनालाई शंकास्पद मानिएको छ।
उनले भने, “भौगोलिक अवस्था, शवको स्थिति र सामानबीचको तालमेलले दुवै कोणमा अनुसन्धान गर्नुपर्ने देखिन्छ। विस्तृत अनुसन्धानपछि मात्र वास्तविकता पुष्टि हुनेछ।”

त्यसैगरी, अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम खत्रीको टोली घटनास्थल पुगेको थियो।

मञ्जुको शव परिवारले पहिचान गरिसकेको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ।
पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण र घटनाको प्रकृति स्पष्ट हुने जनाइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved