गाईघाट बजारका ९ सडकमा विश्व बैंकको १ अर्व

  • माघ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt


खेमराज दाहाल
उदयपुर/  उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो ।

विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ ।

विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो ।

नगरको महत्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब बढी रुपैयाँमा सडक निर्माण हुने लागेको त्रियुगा नगर पालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताए ।

सात प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय बमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

उक्त परियोजना अन्तर्गत त्रियुगा नगरपालिका छनोटमा परि गाईघाट बजारका सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) ऋण उपलब्ध गराएको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

नगर प्रमुख बस्नेतका अनुसार गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक,

पिजि चोक – फुलचोक – बोटेटोल – त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषी बजार पश्चिम बाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक गरि १४ दशमलब ५० किलोमिटर सडक निर्माण हुने छ ।

विश्वबैंकको लगानीमा अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने सडक डवल लेनको हुने, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध हुने नगर प्रमुख बसन्त बस्नेतले जानाकरी दिए ।

नगरभित्रका दुई राजमार्ग (मदन भण्डारी र सगरमाथा) लाई जोड्दै बजार एरिया महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्नेगरि सडकहरुको छनोट गरिएको उनले बताए ।

कोभिडका संक्रमित फेर ...

काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रम ...

दिव्य रोशनी साप्ताहि ...

धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर् ...

धरानको शिवजट्टा : प् ...

सुनसरी/ धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐति ...

जिन्दगी सन्तानका लाग ...

धरान/  जीवनभर सन्तानका सपना बुन्दै बिताएका धे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved