रगत संकलन गर्न एनआरएनले दियो घुम्ती एम्बुलेन्स

  • माघ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ रगत संकलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् ।

गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो ।

गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन ।

“एक घर, एक रक्तदाता भन्ने मूल नाराका साथ सो घुम्ती बस अब रक्तदाताको घरमै गएर रगत सङ्कलन गर्ने जनाइएको छ । सो बसभित्र दुई वटा बेड छन् । रक्तदाताहरूले आफू भएकै क्षेत्रमा बसलाई बोलाई रक्तदान गर्न सक्नेछन् ।

अहिलेसम्म रक्तदाताहरू रक्त सञ्चार केन्द्रमा पुगेर वा विभिन्न संघ–संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा गएर रक्तदान गर्थे“, अध्यक्ष केसीले भने । अब रक्तदाताको घरमै पुगेर रगत संकलन गर्न सकिने उनले बताए ।

बिदेसिनु रहर होइन बाध्यता हो र विदेशी भूमिमा बसे पनि नेपाललाई धेरै माया गर्ने भएकोले आफ्नो पसिनाको एक–एक पैसा भएपनि संसारभर रहेको गैरआवासिय नेपाल संघ (एनआरएन) ले जम्मा गरेर यो बस सहयोग गरेको अध्यक्ष केसीले बताए ।

नेपालको सात वटै प्रदेशमा यो बसको सेवा पुर्‍याउने लक्ष्य रहेकोले अब अन्य प्रदेशमा समेत हस्तान्तरण गर्ने उनले बताए । एक व्यक्तिले जति सहयोग गर्न सक्छ संस्थागत भयो भने त्यो भन्दा धेरै सहयोग गर्न सक्छ भन्ने बुझेर २० वर्षअघि स्थापना गरिएको संस्थामा हाल १ लाख बढी पञ्जिकरण सदस्य रहेको अध्यक्ष के.सी.ले बताए ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कार्कीले कुनैपनि देश बन्नलाई साझा एकता चाहिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । उनले देश बन्नलाई हामी सबैको एकताले हुने र हामी सबै मिल्यौ भने देश बन्ने बताए ।

मुख्यमन्त्री कार्कीले अहिले पनि हाम्रो समाजमा कलिलो उमेरमा विवाह हुने र बच्चा जन्माउने बाध्यता भएकोले कतिपय महिलाहरूले रगतको अभावमा ज्यान गुमाउन बाध्यता रहेको बताए ।

उनले घुम्ती रगत संकलन बस सेवाको कारण जाँदाजाँदै बाटोमा ब्लड दिन पनि सक्छ र ब्लड दिएर ज्यान पनि बचाउन पनि सक्ने भएकोले यसको लागी गैरआवासिय नेपाल संघ (एनआरएन) प्रति आभार प्रकट गर्दै कोशी प्रदेशको सबै जिल्लामा लागू हुने गरी सही सदुपयोग गर्ने बताए ।

हाल नेपालमा रहर र बाध्यता दुवै किसिमका परिवारका व्यक्तिहरू बिदेसिने गरेको उनले बताउँदै गाडी बङ्गला हुने पनि विदेश जाने र रोजीरोटीको लागी पनि बिदेसिने गरेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

तथापि देशको लागी माया गरेर चन्दा दिनु भन्दा हामीलाई एक–एक डलर दिनुस् हामी लगानी लगाईदिन्छौं त्यो पैसाको ब्याजले समाजसेवा गर्नु तर चन्दाको रूपमा हामीलाई मगन्ते नबनाइदिन र चन्दा दिएर नेपाली मगन्ते हो भन्ने प्रमाणित नगरिदिन आग्रह समेत गरे ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जीविकोपार्जनको लागि वैदेशिक रोजगारमा गएर दुःख गरेर पनि देशलाई माया गरेर देशमा रहेको अभावलाई बुझेर सहयोग गरेकोमा गैरआवासिय नेपाल संघ (एनआरएन) प्रति आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सभापति उमेश थापा, प्रतिनिधि सभाको पूर्व सांसद मिना सुब्बा, डा.हेमराज शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य राजीव कोइराला लगायत राजनीतिक दलका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाको जनप्रतिनिधि र सरकारी गैर सरकारी निकायका प्रमुखहरूको उपस्थिति थियो ।

 

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved