निःशुल्क स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक लाभान्वित

  • माघ ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका १६ नं. वडा समितिले केएजडिसी संस्थासँग समन्यि गरेर आयोजना गरेको स्वास्थय शिविर प्रभावकारी बनेको छ ।

‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ एकडिसी नेपालले १६ नं..वडा समितिको आग्रहमा वडाका विभिन्न स्थानमा आयोजना गरेको शिविरले गरिब, असहाय तथा वृद्धवृद्धाहरु बढी लाभान्वित भएका छन् ।

एचडिएसी नेपालले वडाबासीको स्वास्थ्यलाई लक्षित गरी उच्च रक्तचाप, मुटु तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि सबैभन्दा बढी खुशी ज्येष्ठ नागरिकहरु भएका छन् ।

केएचडिसी तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् विशेषज्ञ चिकित्सक प्रा.डा.सञ्जिव शर्माले शिविरमा प्रत्यक्ष रुपमा चेकजाँचमा वडामै गरिदिएपछि उनीहरु प्रफुल्ल बनेका हुन् ।

उच्च रक्तचाप, मधुमेह तथा मृगौलाका विरामीलाई प्रा.डा शर्माले प्रत्यक्ष रुपमा उपचार गरेपछि उनीहरुलाई प्रतिष्ठान पुग्ने झन्झट समाप्त भएको थियो ।

विगतमा प्रा.डा. शर्मालाई नै उनीहरुले धेरै पालो कुरेर चेकजाँच गराउनुपर्ने अवस्था थियो तर घर आँगनमै आफूले चेकजाँच गर्ने चिकित्सकबाट चेकजाच गर्न पाएकोमा उनीहरुले यस्ता कार्यक्रम बारम्बार गर्नुपर्ने माग समेत राखेका छन् ।

निरन्तर भएको शिविरबाट ५ सय भन्दा बढी विरामीहरुले प्रत्यक्ष रुपमा विशेषज्ञ चिकित्सक प्रा.डा सञ्जिव शर्मालाई देखाउन पाएका थिए ।

पछिल्लो समय प्रतिष्ठानमा बढुवा प्रक्रियाका विषयलाई लिएर शिक्षक, कर्मचारी तथा चिकित्सकको संयुक्त आन्दोलनका कारण बीपीमा चेकजाँच गराउन नपाएकाहरुका लागि पनि निरन्तर रुपमा भइरहेको शिविरबाट धेरै फाइदा पुगेको छ ।

वडाबासीलाई सहज रुपमा नै उपचार गराउन वडाले केएचडिसीको सहयोगमा उपचारलाई निरन्तता दिएको वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले जानकारी दिए । करिब १५ दिनसम्म चलेको सो शिविरबाट लाभिान्वित ज्येष्ठ नागरिकहरुले यस्ता खालका शिविर समय समयमा आयोजन गर्न वडाध्यक्षलाई आग्रह समेत गरेका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved