चावी बुझाएरै आन्दोलमा उत्रिए बीपीका आन्दोलरत पक्ष सेवा ठप्प पारेर शुरु गरेको आन्दोलनले विरामी मारमा

  • माघ १, २०८०
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान । बढुवा प्रक्रियालाई लिएर आन्दोलित धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुले ओपिडी लगायतका चावी अस्पताल प्रशासनलाई बुझाएर आन्दोलनमा उत्रिएका छन् ।
चावी बुझाएर आन्दोलनमा उत्रिएका शिक्षक, चिकित्सक तथा कर्मचारीका कारण प्रतिष्ठानमा हुने उपचारसहितका अन्य सेवा प्रभावित भएको छ । ओपिडी बन्द हुदा त्यहाँ आउने विरामीहरु मार्कामा परेका छन् ।

बढुवा प्रक्रियाको सुचारुको माग राख्दै प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारीहरुको संयुक्त आन्दोलन चर्किदै गएको छ । प्रक्रियालाई अगाडि बढाउन माग राख्दै निरन्तर आन्दोलनमा होमिएका उनीहरुले आज प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्सरे बाहेकका सम्पूर्ण सेवाको बहिष्कार गर्दै अस्पताल निर्देशकलाई चाबी बुझाएका हुन् ।

उनीहरुले सेवा ठप्प नबनाई चाबी जिम्मा लगाएर बहिष्कार गरेको तर्क पेश गरेका छन् । आन्दोलनरत पक्षले माग पूरा नहुन्जेल निमित्त उपकुलपतिको कार्यकक्ष अगाडि धर्नालाई निरन्तता दिने घोषणा समेत गरेका छन् ।

विगतमा सहमति गर्ने अनि अहिले पन्छिने काम गरेपछि आन्दोलनमा उत्रनुपरेको आन्दोलनरत पक्षको भनाई छ । चार जना पदाधिकारीमध्ये तीन जना बढुवा प्रक्रियामा सकारात्मक देखिए पनि पौष २५ गतेको सिनेट वैठकमा कावा उपकुपतिको जिम्मा दिएर निमित्त उपकुलपति प्रा.डा. प्रहलाद कार्की विदामा बसेपछि उनको नियतमाथि आन्दोलतरपक्षहरुले शंका गरेका छन् ।

शिक्षक कल्यण समाजका अध्यक्ष डा शेराज अलि खानले अन्य पदाधिकारी बढुवाको प्रक्रियामा सकारात्मक देखिए पनि निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले पन्छिने काम गरेको बताए । उनले भने–‘पन्छिने भए किन पहिला सहमति गर्नु ? सहमति नगरे भैहाल्थ्यो सहमति गर्ने अनि सिनेटको बैठक बोलाएर भाग्नु ?’

यस्तै कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले २०५५ कै ऐनलाई टेकेर पदाधिकारी नियुक्ति हुने भए बढुवा प्रक्रिया नहुने कुन ऐनमा उल्लेख छ भनेर प्रश्न गरिन् । उनले भनिन्–‘नियम सबैलाई लाग्छ, एउटामा लाग्ने अर्कोमा नलाग्ने भन्ने नै हुदैन, पदाधिकारी नियुक्ति हुन्छ भने बढुवा प्रक्रिया पनि त्यही नियमावली अनुसार हुनुपर्छ ।’

यस अघि पनि प्रतिष्ठानको शिक्षक कल्याण समाजले बढुवा प्रक्रियालाई सुचारु गर्न माग गर्दै प्रतिषठानका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलन गरेक थिए । निरन्तर आन्दोलनले प्रतिष्ठानको सेवा सुविधामात्र हैन आर्थिक भार समेत थपिएपछि पौष २ देखि १५ गतेसम्म बाँकी रहेका प्रक्रियामा रहेकाहरुको बढुवा गर्ने भनिए पनि अस्पताल प्रशासनले वेवास्ता गरेपछि कर्मचारी, शिक्षक, चिकित्सकहरुले शुक्रबारदेखि संयुक्त आन्दोलन थालेका थिए ।

आन्दोलनकै क्रममा उनीहरु ओपिडी लगायतका सेवा बहिष्कार गरेपछि भने अहिले प्रतिष्ठानमा उपचारमा आउने विरामीहरु समस्यामा परेका छन् । प्रतिष्ठानमा आन्दोलन छ भन्ने कुरा नै जानकारी नभएका उनीहरुले उपचार नगराई फर्कनुपर्ने अवस्था आएकोप्रति दुःखेसो पोखेका छन् । उपचारमा आएका दुर्गम पहाडी क्षेत्र तथा तराईका विभिन्न ठाउँबाट उपचारमा आएकाहरु अहिले ओपिडी बिल नै नकाटेपछि उपचार हुन्छ किन्ने प्रतिक्षामा बसेका छन् ।

यहाँ आएकाहरु प्राय गरेर एक पटक चेकजाँच गरेर फ्लोपमा आएका विरामीहरु बढी छन् । नियमित चेकजाँच गराउनुपर्ने उनीहरुलाई समयमा चेकजाँच नहुदा समस्या भएको बताएका छन् । मोरङको मिक्लाजुङका शिवप्रसाद पाण्डेले श्रीमतिलाई पायल्स भएपछि फ्लोअपका लागि उपचारमा आएका बताए । उनले भने–‘हामी त्यति टाँढाबाट आयौ, आज आन्दोलन छ, बन्द हुन्छ भन्ने थाहा नै थिएन, यहाँ आएर थाहा भयो, हामीलाई साह्रै समस्या भयो ।’bp andolan pic.-1

उनीमात्र हैन संखुवासभबाट आफ्नै उपचारका लागि आएका प्रकाश श्रेष्ठको भनाई पनि पाण्डेको भन्दा फरक थिएन । उनले भने–‘स्वास्थ्य क्षेत्रमा बारम्बार आन्दोलन हुदा पनि सरकार के हेरेर बस्छ, उनीहरुको आन्दोलनका कारण नागरिकले किन दुःख पाउनु ? बीपीमा जहिल्यै यस्तै अवस्था हुन्छ, सरकार किन यसमा गम्भीर नभएको हो ?’

धरानका राजनीतिक दल र स्थानीय सरकारले समेत समस्या समाधानका लागि पहल गरेका थिए । तर समस्या समाधान नभएपछि संयुक्त रुपमा आन्दोलनमा होमिएका आन्दोलनरतपक्षका कारण प्रतिष्ठानको शैक्षिक, आर्थिक अवस्थामा प्रभावसँगै उपचारमा आएका विरामीहरुले समेत समस्या भोग्नु परेको छ ।

आनदोलनरतपक्षका अनुसार १ सय ७७ शिक्षक र १ हजार २ सय कर्मचारीको बढुवा प्रक्रिया रोकिएको छ । समस्या समाधान नहुन्जेलसम्म आन्दोलन निरन्तर गर्ने चेतावनी समेत दिएका छन् ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved