बढुवा प्रक्रिया शुरुवातको माग गर्दै वीपीमा संयुक्त आन्दोलन

  • पुष २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक कल्याण समाज, विद्यार्थी कल्याण समाज र कर्मचारी कल्याण समाजले बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने भन्दै संयुक्त आन्दोलन शुरु गरेका छन् ।

उनीहरुले विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै कार्डियोलोजी विभागमा तालाबन्दी समेत गरेका छन् ।

विगतमा बढुवा प्रक्रियाको सुचारुको माग गर्दै शिक्षक कल्याण समाज मात्र आन्दोलित थियो । आन्दोलनकै क्रममा प्रतिष्ठानको व्यवस्थापन पक्ष संग पौष २ देखि १५ गतेसम्ममा रोकिएको बढुवा प्रक्रियालाई निरन्ता दिने सहमति अनुरुप आन्दोलन स्थगित गरेका थिए ।

तर यतिका दिन वित्तिसक्दा पनि मागको कुनै सुनुवाई नभएपछि माग पूरा नहुन्जेलसम्म चरणवद्ध आन्दोलन थालेका हुन् ।

आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाईका लागि बुधबार सिनेटको बैठक निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले बोलाए पनि निमित्त उपकुलपति नै अनुपस्थित रहेपछि आन्दोलरनपक्ष अझ आक्रोसित बनेको छ ।

सिनेटको बैठक बोलाउने अनि अनेकौ वाहना झिकेर बैठकमा उपस्थित नै नभएको भन्दै निमित्त उपकुलपति प्रा.डा कार्कीको नियतमाथि खोट रहेको भन्दै आक्रोस पोखेका थिए ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अलि खानले पुरानै ऐन अर्थात २०५५ को ऐनलाई टेकेर बढुवा प्रक्रियालाई सुचारु गर्न सक्ने भएपनि निमित्त उपकुलपतिले आफूहरुको मागलाई तुहाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘सहमति गर्ने अनि कार्यान्वयन नगर्ने ? प्रतिष्ठानका अन्य पदाधिकारी यस विषयमा सकारात्मक भए पनि उहा“चाहि किन पन्छिन खोज्नुभएको हो ? काम गर्न सक्नुहुन्न भने राजीनामा दिएर अरुलाई छोड्दा हुन्छ ।’ उनले निमित्त उपकुलपति प्रा.डा. कार्कीको नियतमाथि नै खोट रहेको आरोप लगाए ।


त्यस्तै कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले पदाधिकारीहरु २०५५ कै नियमावली अनुसार नियुक्त गर्न मिल्ने तर कर्मचारीहरुको बढुवा प्रक्रियाचाहि“ किन नमिल्ने भनेर प्रश्न गरेकी थिइन् ।

उनले भनिन्, ‘हामीलाई पटक पटक धोका दिइएको अवस्था छ, बढुवा प्रक्रियामा दुई पटक सहमति भइसकेको अवस्थामा उहाँ किन पछि हट्नु भएको हो थाहा भएन, अब यो बढुवा प्रक्रियालाई रद्ध गर्ने अधिकार उहाँको छैन यसका लागि चरणवद्ध संयुक्त आन्दोलन अघि बढ्छ ।’

यस्तै विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओमशान्ति रजकले बढुवा प्रक्रियाको आन्दोलनका कारण शैक्षिक गतिविधि नै ठप्प हुँदा विद्यार्थीहरुलाई धेरै घाटा भएको बताए । उनले भने, ‘शिक्षकहरुको बढुवाको आन्दोलन जायज छ, अरु स्वास्थ्य प्रतिष्ठानमा निरन्तर बढुवा प्रक्रिया अघि बढिरहेको अवस्थामा बीपीमा चाहिं किन बढ्दैन ? यसले हामी विद्यार्थी अत्यन्तै मारमा परेका छौं, चाडो बढुवा प्रक्रियालाई अगाडि बढाएर समस्याको समाधान गरिदिनु प्रतिष्ठान गम्भीर हुनुप¥यो ।’


उनीहरुको सबैकोे निमित्त उपकुलपति प्रा.डा. कार्कीले सिनेट बैठक बोलाएर उपस्थिति नभई कावाको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई दिएको विषयमा केन्द्रित रहेर उहाँको नियतमाथि प्रश्न गरेका थिए ।

यता शिक्षाध्यक्ष एवम् कावा उपकुलपति प्रा.डा. सञ्जिव शर्माले बढुवा प्रक्रियालाई सुचारु गर्ने विषयमा आफूहरु सकारात्मक भए पनि सिनेटको बैठक बस्नु अगाडि आफूलाई कावा उपकुलपतिको जिम्मेवारी सुम्पेर निमित्त उपकुलपति गएको स्पष्ट पारे ।

उनले उपकुलपतिले गर्ने काम कावा उपकुलपतिले गर्न नसक्ने भन्दै प्रा.डा कार्की विना बढुवा प्रक्रियालाई अगाडि बढाउन नसकिने बताए । उनले भन, ‘कावाको जिम्मेवार मलाई दिएर जानु भएको छ, सम्पूर्ण अधिकार कावालाई हुदैन ।’

यता प्रतिष्ठानका कुल सचिव सूर्य प्रसाद संग्रौलाले सबैले बढुवा प्रक्रियालाई सुचारु गर्ने सहमति अनुरुप प्रक्रिया समेत अगाडि बढिसकेको अवस्थामा निमित्त उपकुलपतिकै कारणले सुचारु हुन नसकेको आरोप लगाए । उनले भने, ‘हामीले पुरानै ऐन अनुसार बढुवा प्रक्रियालाई अगाडि बढाऔ, पछि ऐन बनिसकेपछि जे होला भनेर छलफल समेत गरेका थियौं, तर आज उहाँ कावा दिएर पन्छिने काम गदैै हुनुहुन्छ ।’

यसबीचमा धरानका गठबन्धन राजनीतिक दल तथा नेकपा एमालेले पदाधिकारी र आन्दोलनरत पक्षलाई छुट्टाछुट्टै भेटेर सहमति गराउने प्रयास गरेका थिए । उनीहरुले आन्दोलरतपक्षहरुको आन्दोलन जायज भएको भएपनि प्रतिष्ठानमा आउने विरामीलार्ई समस्या नपर्ने गरी सहज ढंगबाट निकास खोज्नुपर्ने धारणा राखेका थिए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved