बीपीमा आन्दोलन : स्थानीय सरकारको चासो

  • पुष २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बढुवा प्रक्रियालाई लिएर आन्दोलित धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको माग सुनुवाई नभएपछि स्थानीय सरकार धरान उपमहानगरपालिकाले चासो देखाएको छ ।
उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बीपी प्रतिष्ठानमै पुगेर प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् कावा उपकुलपति प्रा.डा. सञ्जिव शर्मा, रजिष्ट्रार सूर्य प्रसाद संग्रौलासंग भेटेर बढुवा प्रक्रिया सुचारु नहुनुको कारणबारे बुझ्नुभएको थियो ।

प्रतिष्ठानका अन्य पदाधिकारी सकारात्मक भएपनि निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको ढुलमुले प्रवृत्ति देखिएको नेतृत्व गर्न नसक्ने मेयर साम्पाङले बुझेपछि निमित्त उपकुलपतिले चाडो राजीनामा दिएर काम गर्न सक्ने नेतृत्वबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

मेयर साम्पाङले आन्दोलनरत पक्षसँग समेत यस विषयमा बुझ्नु भएको थियो । उहाँले कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल, शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अलि खानसँग पनि बुझ्ने काम गरेका थिए ।

सो अवसरमा आन्दोलनरत पक्षले ६ बर्ष अगाडिदेखि रोकिएको बढुवा प्रक्रियालाई आन्दोलरतपक्ष, प्रतिष्ठानका पदाधिकारीहरुबीच भएको सम्झौता अनुरुप पौष २ गतेबाट सञ्चालन गरेर १५ गतेसम्म सक्ने सम्झौता भएपनि समय वितेर यतिका दिन वितिसक्दा पनि बढुवा प्रक्रिया सुचारु नगरेका कारण आन्दोलित हुनुपरेको बताएका थिए ।

आन्दोलनरत पक्षले समेत अन्य पदाधिकारीहरु सकारात्मक देखिए पनि निमित्त उपकुलपति प्रा.डा. प्रहलाद कार्कीले सिनेटकै बैठक बस्ने दिन शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई कावा दिएर आफू पन्छिने काम गरेकोले उहाँको नियतमाथि प्रश्न चिन्ह उठाएका थिए ।

उनीहरुले सबै काम पुरानै ऐन २०५५ अनुसार हुने तर बढुवाको प्रक्रियामा भने अनेक बहाना बनाउने निमित्त उपकुलपतिले काम गर्न नसक्ने भएकोले उहाँले तुरुन्त राजीनामा दिनुपर्ने बताएका थिए ।

प्रतिष्ठानको सिनेटको सदस्य समेत रहनु भएका मेयर साम्पाङले समेत विगतमा भएको सहमति पत्रमा हस्ताक्षर गरेको भएपनि निमित्त उपकुलपतिले सबैको अपहलना गर्ने काम गरेको आन्दोलतरतपक्षले मेयर साम्पाङलाई स्मरण गराएका थिए ।

उनीहरुले मेयर साम्पाङलाई आइतबारसम्म आफूहरुले अल्टिमेटम दिएको र आइतबारसम्म पनि बढुवा प्रक्रियालाई सुचारु नगरे आकस्मिकबाहेकका सबै उपचार सेवा ठप्प बनाउने चेतावनी समेत दिएका थिए ।

निमित्त उपकुलपति प्रा.डा. कार्कीले सिनेट बैठकका दिन शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई कावा उपकुपतिको जिम्मेवारी सुम्पिएर पन्छिने काम गरेको आन्दोलतरपक्षको आरोप छ ।

यसैबीच निमित्त उपकुलपति प्रा.डा प्रल्हाद कार्कीले आन्दोलनरतपक्षलाई सम्बोधन गरेर एक अपिल समेत प्रकाशित गर्नुभएको छ । विदामा नै बसेको बेला बढुवा प्रक्रियाको विज्ञापनलाई वैधानिकता दिएर अघि बढ्ने असल नियतका साथ लोकसेवा आयोग,

सहकुलपति र सम्बन्धित निकायमा पटक पटक पहल गरिएको पनि उल्लेख गर्दै यसका बाबजुद कुनैपनि निकायबाट प्रक्रिया अघि बढाउन आधिकारिकरुपमा लिखित निर्देशन नआएको प्रष्ट्याउनु भएको छ । तर उहाँले निकालेको अपिललाई आन्दोलतरपक्षले गैरजिम्मेवारीपनको संज्ञा दिएका छन् ।

सो अवसरमा मेयर साम्पाङलाई आन्दोलरत पक्षले १ सय ७७ शिक्षक र १ हजार २ सय कर्मचारीको बढुवा प्रक्रिया रोकिएको जानकारी गराएका थिए । यसका लागि मेयर साम्पाङलाई पहलकदमी गरिदिन उनीहरुले आग्रह समेत गरेका थिए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved