आज पौषे औँसी, वराहक्षेत्रमा श्राद्ध गर्नको भिड

  • पुष २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम बिष्ट

वराहक्षेत्र/  आज पौष कृष्ण औँसीका अर्थात तीर्थ श्राद्ध सुनसरीको वराहक्षेत्र मन्दिरमा स्थित कोकाहा कौशीकीको संगममा श्राद्ध गर्नहरुको भिड लागेको छ ।

दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि अनुसार हरेक पौषे औँसीका दिन वराहक्षेत्र स्थित कोकाहा कौशीकीको संगममा श्राद्ध गर्नेहरूको ठुलो भिड लाग्ने गर्दछ ।

बुधवार देखिनै कोकाहा कौशीकीको संगममा श्राद्ध मेला समेत आयोजना भएकोले मन्दिर परिसरमा भक्तजन पुगेर बास बसेका थिए । बुधबार बिहानदेखिनै भक्तजन आउन थालेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिने र कोकाहा कौशीकी संगम क्षेत्रबाटनै श्राद्ध कार्यको सुबात भएकाले आदि श्राद्ध स्थल रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । यसै अनुसार हरेक पौषे औँसीका दिन श्राद्ध गर्नेहरूको ठुलो भिड लाग्ने गरेको छ ।

कोकाहा कौशीकीमा आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौँको सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरू यहाँ आउने गरेको वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरे बताउछन् ।baraha

वराहक्षेत्र ( १ स्थित कोकाहा नदीमा मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा पुराणमा उल्लेख गरिएको छ ।

मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा पुराणमा उल्लेखित भएको पण्डित योगेश भण्डारीको भनाई छ ।

सत्ययुगमा भगवान बिष्णुले संन्तान नभएका अर्यामादि ऋषिको मौक्षकालागि कोकाहमा पहिलो पटक श्राद्ब गरे पछि संसारमा श्राद्बको परम्परा सुरु भयो किम्तन्ती रहेको उनि बताउछन् ।

वराहक्षेत्रका सेवक पण्डित योगेश भण्डारीका अनुसार वराह पुराण तथा स्कन्द पुराणमा वराहक्षेत्र धाम संसारको आदि श्राद्ब स्थलको रुपमा व्यख्या गरिएको छ ।

गया श्राद्ब सताणापि यस्ष मुक्ति न बिध्यते , कोकाह जल स्पर्श धर्म ,मुक्ति र भबिष्यतेू अर्थात गयामा गएर पितृ मुक्तिकालागि सयौ पटक धार्मिक अनुष्ठान गरेको भन्दा कोकाहामा गएर पितृको नाम लिएर जल छुदा मात्र मुक्ती हुन्छ ।

प्रसिद्ध तिर्थ स्थल वराहक्षेत्र मन्दिर स्थित कोकाह कौशीकिको संगममा पौष २५ गतेदेखि २७ गतेसम्म ३ दिन श्राद्ब मेला आयोजना गरिएको छ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved