धनकुटामा सय शैयाको सुविधा सम्पन्न अस्पताल बन्दै

  • पुष २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटामा एक शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । अहिलेको जिल्ला अस्पताल बाहेकको मातहत कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको २५ रोपनी जग्गा अस्पतालको नाममा ल्याएर निर्माण कार्य शुरु गरिएको हो ।

पाँचतले आधुनिक सुविधा सम्पन्न भवनका लागि ४० करोडमा ठेक्का लागेको छ । प्रदेश सरकारले पहिलो चरणमा २० रुपैया विनियोजन समेत गरेको छ । माटो परीक्षणपछि अहिले पहुच मार्ग तथा वेश निर्माणको काम भइरहेको छ ।

सरकारी मापदण्ड अनुसार एक सय शैयाको अस्पताल सञ्चालन गर्न बालरोग, स्त्री रोग, मानसिक रोग, फिजिसिएन, हाडजोर्नी, नाक कान घाटी रोग विशेषज्ञको आवश्यकता पर्छ । सोही अनुसारको हुने गरी संरचना निर्माण शुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका

अध्यक्ष निरन तामाङ बताउँछन् । उनले भने, ‘धनकुटामा सय वेडको अस्पताल बनाउने भनेर हामी लागि रहेका छौं, अब यो अस्पताल बनाउने क्रममा क्रमगत रुपमा बजेट पनि आइरहेको छ, काम जुन रफ्तारमा शुरु भइरहेको छ समय अवधिभित्र अर्थात तीन बर्षभित्रमै सम्पन्न गर्छो भन्ने लागिरहेको छ ।’

उनले यो अस्पताल कोशी प्रदेश सरकारको सहयोगमा बन्ने बताए ।

उनका अनुसार यो अस्पताल निर्माण सम्पन्न गर्नका लागि ४७ करोडको डिपिआर तयार भएको छ । निर्माणका लागि ठेक्का समेत लागिसकेको र काम समेत अगाडि बढिसकेको समितिका अध्यक्ष तामाङ बताउँछन् ।

अस्पताल निर्माण कार्य अघि बढेसँगै स्थानीयबासी समेत उत्साहित बनेका छन् ।

अस्पतालका लागि पटक पटक ठूला आश्वासन पाए पनि काम अघि बढ्दा वाक्कदिक्क बनेका धनकुटाका बासिन्दा यो अस्पताल निर्माणको प्रक्रिया अघि बढेसँगै उत्साहित बनेका हुन् । अस्पताल निर्माण सम्पन्न भए पनि उपचारका लागि तराई झर्नुपर्ने बाध्यता हटेर जाने उनीहरुको भनाई छ ।

पूर्व पहाडी जिल्लामा विशेषज्ञसहितको अस्पताल शायदै कही पनि छैन । धनकुटामा विशेषज्ञसहितको अस्पताल निर्माण भएमा नगर सहित आसपासका सर्वसाधारणलाइ समेत सहज हुने महालक्ष्मी नगरपालिका वडा नं. २ चानुवाका स्थानीय रत्न चापागाई बताउँछन् ।

उनी भन्छन्, ‘सिकिस्त विरामी हुँदा धरानको घोपा वा विराटनगर नै पुग्नुपर्छ, विशेषज्ञसहितको अस्पताल बनेको खण्डमा धनकुटाबासी मात्र हैन छिमेकी जिल्लाका स्थानीयहरुलाई पनि सहज हुन्छ ।’

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved