दुहबीमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

  • पुस ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबीमा ३ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

न्यूज ट्रयाक साप्ताहिकको आयोजना तथा दुहबी नगरपालिका वडा नम्बर ५ को सहयोगमा सरस्वति माध्यमिक विद्यालयको हलमा महिलाहरुलाई ३ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम दिइएको हो ।

तालिमको समापनमा ५ नम्बर वडाका वडाअध्यक्ष रमेश कुमार रौनियारले राम्रो काम गर्दा अनावश्यक अवरोध सृजना गर्न खोजे पनि आफू वडाबासीको हीतमा सधैं समर्पित हुने बताए ।

उनले व्यक्तित्व विकास तथा उद्घोषण तालिम क्रियाशील मानिसको जीवनमा अत्यन्त्यै महत्वपूर्ण तालिम भएको बताउंदै तालिम प्राप्त गरेर सबैले आफ्नो जीवनमा उपयोग गर्नेमा बिश्वास व्यक्त गरे । साथै यो तालिमलाई अझै धेरै दिनको संचालन गर्न वडा कार्यालय तयार रहेको बताए ।

कार्यक्रममा दुहबी नगरपालिका कार्यपालिका सदस्य मिना श्रेष्ठले सहभागीहरुको प्रस्तुति हेर्दा तथा अनुभव सुन्दा तालिम प्रभावकारी रहेको बताइन ।

कार्यक्रममा न्यूज ट्रयाक साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक महेश प्रसाद गुरागाईले सहभागीका अनुभव, सक्रियता तथा उत्साहले तालिम सफल भएको प्रमाणित भएको बताउदै सहभागीहरुले जीवनसंग सिकाइलाई जोडेर लगेमा मात्र यसको उपलब्धि हुनेमा जोड दिए ।

समापन कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धिमूलक भएको बताउदै अझै धेरै दिनको तालिम संचालन गर्न माग गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक मेघराज न्यौपाने, सरस्वति माविका प्रधानाध्यापक तेज प्रसाद तिम्सिना लगायतले सहभागिहरुलाई सिकेका कुरा व्यबहारमा लागू गर्न प्रयत्न गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक चन्दन कुमार रौनियारले वडा कार्यालयसँग भएको सहमति भन्दा बढी सहभागी भएको जानकारी दिए । उनले सिक्न चाहेर आउनेलाई फर्काउनु भन्दा सहभागीता गराउनु उपयुक्त ठानी तालिममा सहभागिता गराइएको बताए ।

पुष २ गतेबाट शुरु भएको तालिममा ५ नम्बर वडाका विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थामा कार्यरत तथा गृहिणी एबम सामाजिक अभियान्ताहरु गरी ८५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved