बिमाको समस्या समाधान गर्न उद्योगी व्यवसायीको माग

  • पुष ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरका उद्योगी व्यवसायीले बीमासंग सम्वन्धीत समस्या समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन ।

उद्योग संगठन मोरङ र नेपाल बीमा प्रँधिकरणको संयूक्त आयोजनामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरु समक्ष समस्या समस्या समाधानका लागि सक्रिय बढाउन आग्रह गरेको हो ।

बीमा सम्वन्धी छलफल तथा अन्तरक्रियामा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र बिषम परिस्थितीबाट गुज्रीरहेका वर्तमान समयमा विभिन्न बीमाको प्रिमीयम शुल्कमा भईरहेको वृद्धिले उपभोक्ता थपमारमा परेको भन्दै प्रिमीयम शुल्कलाई उपभोक्ता मैत्री वनाउन प्राधिकरणको अग्रसरताका लागि अनुरोध गरे ।

उनले बीमा कम्पनीहरुले हाल वाढी, पहिरो, भुकम्प, आंधितुफान लगायत अन्य धेरै प्रकारका जोखिमहरुलाई एउटै डालोमा हालि विमा गर्न वाध्य बनाएको हुँदा उपभोक्तालाई मध्यनजर गरी आफुलाई आवश्यक शिर्षक मात्र छनौट गर्न दिईनुपर्नेमा जोड दिए ।

अध्यक्ष सुरानाले लस अफ प्रफिट पोलिसीको प्रावधान नभएकाले ठुलो घाटा भइरहेको हुदा उक्त पोलिसीको अविलम्व व्यवस्था गर्न, ट्रान्जिट इन्स्यूरेन्स अन्तरगत लिइने मेरिन पोलिसी र स्वदेशमा ढुवानीका लागी लिइने पोलीसी दरमा लगभग समान भएकाले यसमा परिवर्तन गर्न अनुरोध गरे ।

त्यसैगरी कच्चा पदार्थ र मिल मेशिनेरीलाई जोखिम प्रकृतिका आधारमा फरक फरक वर्गिकरण गरि सोही अनुरुप प्रिमीयम लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै क्लेमको भुक्तानीको सरल व्यवस्था गर्न प्राधिकरणको पहलका लागि अनुरोध गरे ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्रिमीयम शुल्क संशोधन गर्दा वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबैप्रकारका प्रिमीयम शुल्कमा नभई केहीमा वढी भएको वताए ।

त्यसैगरी बीमाको कभरेजमा गेप नहोस भनि कतिपय पोलिसीलाई एकिकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटको हकमा भोलुम कम हुनुका साथै प्रोपर्टि र व्रेकडाउन पोलिसीलाई एकैपटक लिनुपर्दा उपभोक्तालाई प्रिमीयम शुल्क वढी पर्न गएको वताउदै बीमा प्रति उपभोक्ताले विश्वास गर्नुपर्ने धारणा राखे ।

उनले बीमा कम्पनीहरुमा रि ईन्स्यूरेन्य गर्नुपर्दा ग्लोवल कम्पनीहरुको शर्तहरु समेत पालना गर्नुपर्ने भएकाले कतिपय शिर्षकहरुलाई एउटै वास्केटमा समावेश गर्नुपरेको वताउदै बीमा कम्पनीहरुलाई समेत आफनो सेवालाई विस्तार गर्न अनुरोध गरे ।

बीमा प्राधिकरण पर्ने मुद्दाका सन्दर्भमा स्पष्ट पार्दै सिलवालले प्राधिकरणले मेलमिलाप तथा मध्यस्ताको माध्यमबाट बार्षिक सय भन्दा वढी बीमा सम्वन्धी मुद्दाको छिनोफानो गर्दै आएको र आगामी दिनमा यो संख्यालाई वढाउदै लैजाने आश्वासन दिए ।

नेपाल बीमा प्राधिकरण प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानी प्रिमीयम दर संशोधन गर्दै आएको स्पष्ट पारे ।

उनले बीमा कम्पनीहरुले उपभोक्ताको अधिकार हनन नहुने गरी सरल र सहज वातावरणमा क्लेम सेटलमेन्ट गर्नुपर्ने बिचार व्यक्त गर्दै पुराना मात्र नभएर नयाँ स्थापना भएका उद्योग व्यवसायको हक हितलाई समेत मध्यनजर गरी सहज रुपले बीमा गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

छलफलमा उद्योगी व्यवसायीले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई बीमा कम्पनीहरुको सेवा, शर्तलाई नियमन गरी क्लेम सेटलमेन्टका सन्दर्भमा सक्रियता अपाउन अनुरोध गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, विराट व्यापार संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधि, संगठनका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, नेपाल बीमा प्राधिकरणका र विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved