माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव

  • मंसिर ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ माईपोखरी नेपालको पहाडी क्षेत्रमा रहेको पवित्र धार्मिकस्थल र प्रथम रामसार क्षेत्र हो ।

शान्त वातावरण, हरियाली जंगल, अनेकौ प्रजातिका फुलहरुसँगै सुन्दर, सफा जलाशयको दृश्यले माईपोखरी सधै चिटिक्क हुन्छ ।

धार्मिक र सास्कृतिक महत्वको बोकेको माईपोखरी पूर्वी नेपालको पहाडी क्षेत्रै पहिलो रामसार क्षेत्र हो । माइपोखरीमा रङ्गीबिरङ्गी माछाको लोभैलाग्दो दृश्य पाइन्छ । विश्वकै अमुल्य सम्पत्ति गलैचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ ।

घना जंगल अनि छिन छिनमा लाग्ने हुस्स कुहिरोले छोप्दा पोखरी वरिपरि लुकामारी खेलु झै लाग्छ । पोखरी वरिपरि फरक फरक मौसममा फूल्ने सुगन्धित फुल मायालुको कानमा सिउरिदिउ झैँ लाग्छ । सबै धर्मको साधनाको केन्द्र माईपोखरी सधै भक्तजनको भिड र उनीहरुको प्राथनामा हुन्छ ।

माईपोखरी क्षेत्र सन २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरिएपछि विश्वव्यापी पहिचान बनाएको थियो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको माइपोखरीमा चिताएको मनोकांक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ । यहाँ वलिप्रथा भने निषेध छ ।

मेचीराजमार्ग बनाउनु अघि झापाबाट इलाम हुँदै ताप्लेजुङ यात्रा माइपोखरी हुँदै गरिन्थ्यो । शक्ति पिठ ताप्लेजुङको पाथिभरा दर्शन गर्न पैदल जाने भक्तजनले माइपोखरीको जल उठाएर पाथिभरामा चढाउने प्रचलन थियो । पाथिभरामा माइपोखरीको शुद्ध जल चढाएमा मनोकाक्षा चाडै पुरा हुने विश्वास छ ।

हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।

माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न भएको किम्बदन्ति छ । यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको पाइन्छ ।

पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, शंंखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने, लोप हुने गरेको कथन छ । ठुलो जलासय भरिएको माईपोखरी ७ माई दिदिबहिनी मध्ये रहेको किम्बदन्ती छ ।

७ माई दिदिबहिनीमध्ये ४ जना खोला भएर बगेको, १ जना अकाशमा, १ जना पतालमा भासिएको र १ जना माईपोखरी भएर बसेको कथन छ । खोला भएर बगेका माई दिदिबहिनी मध्ये, माई नदी, जोगमाई, पूवामाई र देउमाई खोला हुन् ।

मा को अर्थ पानी र ई अर्थ घुमाउरो भन्ने बुझिन्छ । त्यसैले पानीले भरिएको घुमाउरो ठाउँ भएकाले पोखरीको नाम माईपोखरी रहेको हो । नेपालको पहाडी क्षेत्रको सांस्कृतिक सभ्यताको प्रतिबिम्ब माईपोखरी आउने भक्तजन र पर्यटकहरुका लागि होमस्टे संचालनमा रहेका छन् ।

नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपोन्मुख गलैचे झ्याउ, लोपोन्मुख उभयचर ठकठके लगायत रुख भ्यागुता ३ सय बढी प्रजातीका चराको बासस्थान रहेको अध्ययनमा उल्लेख छ ।

२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको छ माईपोखरी । सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणीको बासस्थानले अध्ययन अनुसन्धानकर्मीको ध्यान माईपोखरीले तानेको छ । माईपोखरीको पर्यटन पूर्वाधार विकासको काम धमाधम हुँदै आएको छ । यहाँको जोरपोखरीमा डुङ्गा संचालनका लागि अहिले ठुलो ड्याम निर्माण हुँदैछ । रामसार क्षेत्रलाई त्रिधार्मिक स्थलको रुपमा विकास गर्न विस्तृत अध्ययन सम्पन्न भई निर्माणको काम हुँदै आएको हो ।

मेची राजमार्गको विव्ल्याँटे बजारबाट १३ किलोमिटरको दुरीमा पर्ने माइपोखरी यात्राका लागि ७ किलोमिटर पक्की बाँकी कच्ची सडक यात्रा गर्नुपर्छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ ।

असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाखमा माइपोखरी भ्रमण उपयुक्त मानिन्छ । धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्वको माइपोखरीमा अहिले त्रिधार्मिस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणको काम हुँदै आएको हो । ३ वटा पोखरी रहेको माइपोखरी रामसार क्षेत्रको जोरपोखरीमा जलासय निर्माणको काम धमाधम हुँदै आएको छ । अहिले जोरपोखरी क्षेत्रमा पर्यटकका लागि बोटिङ्गको सुविधा छ ।

माईपोखरीको दर्शनपछि तीन किलोमिटर उत्तरको यात्रा गर्दा पुगिन्छ देउराली बजार । सन्दकपुर गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र देउराली बजार क्षेत्र सहिद भुमिका नामले समेत परिचत छ ।
प्रजातन्त्रका निम्ति सुरु भएको सशस्त्र संघर्षका क्रममा ७ जना प्रजातान्त्रिक योद्धाको हत्या भएको यो क्षेत्र सात खाल्डेका नाममा पनि चिनिन्छ । २०१९ सालमा सुरक्षा फौजले आफै खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको हत्या गरेको थियो । देउराली बजारको नजिकै उत्तरपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ ।

शोकलाई शक्तिमा बदल्दै, पहाड पल्टाउने ‘माउन्टेन म्यान’ यानकी स्वः डम्बरसिंह सुनुवार सांस्कृति संग्राहलय देउराली बजारबाट १ किलोमिटर ठाडो उकालो यात्रापछि पुगिन्छ । स्व ः डम्बरसिंह सुनुवार सांस्कृतिक संग्राहलय रामसार क्षेत्र माइपोखरीबाट पदमार्गले जोडिएको छ ।

आँखाको सामुन्ने गोलीबाट सन्तान गुमाउनुको पिडालाई जीवन्त तुल्याउन ६ दशक सम्म चट्टान काटेर विभिन्न आकृति बनाएका थिए । स्वर्गिय सुनुवारको घरपुग्दा लाग्छ हामी कुनै पुरातात्विकस्थलमा पुगेका छौँ । बुकि फुल्ने रुखो डाँडोमा रहेको स्वर्गीय सुनुवारको घर पर्यटक र राजनीतिशास्त्रको विद्यार्थीको अध्ययन केन्द्र बनेको छ ।

डम्बरसिंह सुनुवार सास्कृतिक संग्राहालय अघि बढेपछि हामी लोपोन्मुख वन्यजन्तुको प्रजनन् केन्द्र टप्पु पुग्नेछौँ । टप्पु प्राकृतिक रमणियताले भरिएको ठाउँ पनि हो । लोपोन्मुख जीव वन्यजन्तु वनस्पती १२ महिना फरक फरक मौसममा फुल्ने जंगली फुल र जडिबुटी पाइने टप्पु क्षेत्रलाई प्राकृतिक चिडियाखानाको रुपमा विकास गरिँदै छ ।

टप्पुबाट हिमाली दृश्यसँगै महाभारत पर्वतका अग्ला पहाड छिन्टापू र सन्दकपूरको दृश्यावलोकन गर्न सकिन्छ ।

घना जंगलमा रहेको टप्पुमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि प्रजनन् केन्द्र निर्माण गरिएको छ । हिउँदमा बाक्लो हिमपात हुने टप्पुमा हिउँ खेल्न पनि पर्यटक पुग्ने गरेका छन् । हिउँ खेल्का लागि इलाम, झापाका आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् ।

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

पव्लिक माविलाई प्रेम ...

धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका प ...

धरानमा मदिराजन्य वस् ...

धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved