भात नपकाएको झोकमा श्रीमान्को कुटपिट,सुनसरीमा श्रीमतीको मृत्यु

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो ।

श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए ।

अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लागि अस्पताल लैजानुको साटो घरमै राखिएको र आइतबार बिहान गम्भीर अवस्थामै उनको मृत्यु भएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । अभियुक्त सोनियालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएकाे छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved