वृहत्तर बराक्षेत्र पदयात्रा धरानमा आइपुग्यो

  • मंसिर ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वृहत्तर बराहक्षेत्रमा पर्ने पूर्वका तीन जिल्लामा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ रहेका मठमन्दिरको महत्वका विषयमा प्रचार गर्ने उद्देश्यले वृहत्तर बराहक्षेत्र पदयात्रा अहिले धरान आइपुगेको छ ।

सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्र, मठ मन्दिरमा जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवचार्यको अगुवाईमा नेपाल तथा भारतका धर्म गुरु, धार्मिक संघ संस्था, धार्मिक अस्थामा रुची राख्नेहरुको समूहले मंसिर २४ गतेदेखि पदयात्राको शुरुवात गरिएकोे हो ।

मंसिर ७ गतेसम्म चल्ने सो पदयात्राको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका थिए ।

सुनसरीको चतरामा रहेको बराहक्षेत्रधामबाट उदयपुरको महांकाल भगवति मन्दिर, धनकुटाका विभिन्न मठ मन्दिरको पैदलायात्रा सकाएर धरान आइपुग्नु भएका बालसन्तको टोलीलाई धरान १४ मा रहेको पिण्डेश्वर बाबाधाम समिति र १४ नं. वडा समितिले स्वागत गरेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद रमेश बस्नेतले बालसन्तको अभियान अन्तर्गत तीन जिल्लामा रहेका मठमन्दिरको पैदलयात्रासहित त्यहाँको प्रचारप्रसार र महत्वका विषयमा जानकारी दिने कामले नेपालमा धार्मिक धार्मिक सद्भाव बढ्ने, ऐतिहासिक तथा पौराणिक क्षेत्रहरुको प्रचारप्रसारसँगै धामिर्क पर्यटक बढ्ने बताए ।

पदयात्रामा नेपालमा पूर्वकामात्र हैन पश्चिममा धर्मगुरु, हिन्दु धर्ममा आस्था राख्नेमात्र हैन भारतको आसामका गुरुहरुको समेत सहभागिता रहेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै भारत आसामका धर्मगुरु केदारदासले देवभूमि नेपालमा धेरै देवभूमि रहेको र धार्मिक पर्यटनको ठूलो सम्भावना भएको पाइएको बताए ।

सो अवसरमा बालसन्त मोहनसरण देवचार्यले पदयात्राको उद्देश्य, पदयात्रा गर्दा पुगेका स्थानका विषयमा बेलिविस्तार लगाएका थिए ।

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपाली र १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अगुवाईमा भएको स्वागत कार्यक्रममा पञ्चेबाजा संरक्षण समितिका तर्फबाट पञ्चेबाजा बजाएर र अन्य महिलारुले संगेनी नाच प्रदर्शन गरेर स्वागत गरेका थिए ।

देवभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले थालिएको पदयात्रा आगामी मंसिर ७ गतेसम्म रहने जनाइएको छ ।

यसले वृहत्तर बराहक्षेत्रभित्र रहेका मठ मन्दिरको प्रचारप्रसारसँगै यस क्षेत्रको धार्मिक महत्व देश विदेशसम्म फैलाउदै अधिक भन्दा अधिक धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पहिलो पटक गरिएको हो ।

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved