मन्त्रिपरिषद्को बैठक महिनामा एक पटक धनकुटामा बस्ने

  • मंसिर ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ धनकुटामा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

धनकुटाबाट आएका नेपाली कांग्रेसका नेता र जनप्रतिनिधि भएको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक सम्पर्क कार्यालयमा राख्ने सहमति जनाएका हुन् ।

कार्कीलाई धनकुटाका नेपाली काङ्ग्रेसका नेता र जनप्रतिनीधिहरुले ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै कोशीका मुख्यमन्त्री कार्कीले माग सम्बोधन गर्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बु समेत सहभागी थिए ।

ज्ञापन पत्र मार्फत महिनामा एक पटक मन्त्री परिषद्को बैठक राख्नु पर्ने माग ज्ञापन पत्र गरेका हुन् ।

धनकुटाले राजधानीको माग गर्दै लामो समय आन्दोलन गरेको थियो । ६८ दिन सम्म आन्दोलन चल्दा पनि प्रदेशको राजधानी विराटनगर तोकिएपछि उनीहरूको माग सम्बोधन गर्न मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको थियो ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले कार्यालय स्थापना गरेका थिए । पहिलो कार्यकालमा त्यहाँ एउटा पनि बैठक बसेन ।

त्यहाँ सहायक कर्मचारीको भरमा कार्यालय सञ्चालित छ ।
नेपाली काँग्रेस धनकुटाको टोली विकास र समृद्धिका लागि कार्यक्रम माग गर्दै शुक्रवार मुख्यमन्त्री कार्कीसँग भेटघाट गर्न आएका थिए ।

नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले भने, ‘महिनामा एउटा बैठक धनकुटामै गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ ।’

काँग्रेस टोलीले कोशी प्रदेशका मन्त्रीहरू समशेर राई र कमलप्रसाद जबेगुसँग पनि भेटघाट गरी आफ्ना माग राखेको छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशक्तियुक्त बनाउनु पर्ने, मन्त्रिपरिषद्को बैठक धनकुटामा राख्नुपर्ने, धनकुटा अस्पतालको स्तरोन्नति हुनुपर्ने लगायत माग प्रदेश सरकारसमक्ष राखिएको राईले बताए ।

उनले भने, ‘हामीले लामो समय आन्दोलन गर्यौ, तर हाम्रा मागहरू पुरा भएन, पुरा गरिएर आश्वासन दिएका बिषय पनि कार्यान्वयन नभएपछि ज्ञापन पत्र बुझाउनु परेको होे ।’

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved