धरान/ यस बर्षको तिहारमा नेपाली फूलले बजार पिटेको छ । भारतीय फूल तथा माला धरानमा कही कतै देखिएन । आइतबार बेलुका लक्ष्मी पूजालाई लक्षित गरी कृषक तथा व्यापारीले स्थानीय उत्पादन भएको फूल धरानमा फूल विक्रीका लागि ल्याएका छन् ।
भारतीय फूललाई स्थानीय फूलले विस्थापित गरे पनि बजारमा स्थानीय फूलले मूल्य भने लिएन । जसले गर्दा कृषक तथा व्यापारीले घाटा सहेर विक्री गर्नुपर्ने बाध्यता देखियो ।
धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार तथा धरानको मुख्य बजार भानुचौक, पालिका तरकारी बजार, नयाँ बजारको सब्जी बजारमा नेपालमै उत्पादन भएको फूल प्रसस्त विक्री आएका थिए ।
भारतीय फूल नआएको अवस्थामा कृषक तथा व्यापारीले यस बर्ष स्थानीय फूल विक्री गरेर तिहारको गर्जो टार्नेमात्र हैन मनग्गे आम्दानी गर्ने सोच बनाएका थिए ।
कृषकले आफूले बारीमा लगाएको सयत्रपी फूल विक्रीका लागि ल्याए भने व्यापारीले बारीमै ३० रुपैया मुठाको दरले खरिद गरेर विक्री गर्न धरान ल्याए तर स्थानीय फूलले समेत ८ रुपैया मुठा भन्दा बढी मूल्य पाएन ।
विगतमा मनग्गे आम्दानी गरेका उनीहरुले यस बर्ष घाटाको व्यापार भएको बताउँछन् । उनीहरुले आफूले उत्पादन गरेको फूलले मूल्य नपाए पनि भारतीय फूल नभित्रिएकोमा भने खुशी लागेको कृषक कुमार मगर बताउछन् ।
धरानस्थित कृषि बजार लगायत अन्य बजारमा धनकुटा, तेह्रथुम, संंखुवासभा लगायत धरानको ४, ५, ६ र २० आसपासका कृषक तथा व्यापारीहरुले ल्याएको फूल प्रस्सत रहेका थिए ।
फूल बजारमा विक्री नभए पछि कृषक तथा व्यापारीले गाडीमै घर घर पु¥याएर सस्तोमा फूल विक्री गरेर मुनाफा भन्दा नि घाटालाई कम गर्ने प्रयास गरेका थिए ।
फूल सस्तो हुँदा उपभोक्ताहरुले भने खुशी व्यक्त गरेका छन् । विगतका बर्षका तिहारको समयमा प्रतिमुठा १ सय रुपैयासम्म खरिद गरेका उपभोक्ताहरुले यस बर्ष २० रुपैयादखि ८ रुपैयासम्ममा सयपत्री फूल खरिद गर्न पाएकोमा उपभोक्ता रिता खड्काले खुशी गरिन् ।
विगतका बर्षहरुमा स्थानीय फूलले प्रसस्त मुनाफा लिएकै कारण यस बर्ष घर घरमा कृषकले फूल फुलाएका थिए भने कतिपय ठाउँमा व्यवसायिक फूल खेति नै लगाएका थिए । उनीहरुको उद्देश्य नै तिहारका समयमा फूल विक्री गरेर मुनाफा कमाउने हो ।
तर स्थानीय फूल समेत यस बर्ष विक्री नभएपछि भविष्यमा फूल खेतिमा लागेकाहरु विस्थापित हुने सम्भावना पनि उत्तिकै बढेर गएको छ ।
राज्यको स्पष्ट नीति नभएकै कारण फूल कृषक तथा व्यापारीहरुले उत्पादन गरेको फूलले व्यवसायिककरण गर्न नसकेको र भविष्यमा यसतर्फ आकर्षित हुनेहरु समेत विस्थापित हुने सम्भावना बढेर गएको धरान १३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
यस बर्ष धरानको कृषि बजारबाट साढे ४ लाख फूलको मालाको कारोबार भएको कृषि बजारले जनाएको ।
त्यसमध्ये १ लाख माला भारतीय फूलको रहेको र बाँकी ३ लाख माला नेपाली स्थानीय फूलको रहेको कृषि बजारले जनाएको छ ।
तर यस बर्ष यसको परिणाम बढेर ४ लाख ५० हजार विक्री हुने सम्भावना देखिएको छ ।
त्यसमा पनि सम्पूर्ण माला नेपाली स्थानीय फूलको माला हुने कृषि बजारले जनाएको छ ।
स्थानीय फूलले बजार पिटे पनि खेतिमा लाग्नेहरुको संरक्षणका लागि राज्यको नीति नै नभएका कारण भविष्यमा नेपाली कृषकले फूलको व्यवसायिक खेति छोड्ने सम्भावना बढेर गएको र पुन: भारतीय आयायाति फूलको मालाले बजार पिट्ने सम्भावना बढेकाले यसतर्फ राज्य सचेत उत्पादन गरेको फूलको बजारीकरण र कृषकलाई मल, विउ,
अनुदानको व्यवस्था गर्ने नीति अगाडि सारेर फूल कृषकलाई व्यवसायिककरणतर्फ उन्मुख गराउनुपर्ने अवस्था रहेको कृषि बजारले जनाएको छ ।