वडा समितिले विपन्न वर्गका लागि गरिदियो विमा सर्वसाधारण लाभान्वित

  • कार्तिक २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  स्वास्थलाई मध्यनजर गरी धरान उपमहानगरपालिका ६ नं. वडा समितिले आफ्ना वडामा रहेका वडाबासीहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।

‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मर्म बोकेर वडाले वडाबासीहरुहरुलाई स्वास्थ्यको पहुच पुगोस् भन्ने हेतुले वडाकै बजेटबाट स्वास्थ्य विमा गरिदिएको हो ।

पहिलो चरणमा वडाले गरिब तथा विपन्न परिवारको छनोट गरेर १ सय जनाको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।

वडामा रहेका गरिब तथा असहायलाई स्वास्थ्यको पहुच पु¥याउने उद्देश्ले वडाकै बजेटमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य विमा गरिदिएको वडाले जनाएको छ । वडाले निःशुल्क स्वास्थ्य विमा गरिदिएकोमा आर्थिक अभावमा स्वास्थ्य परीक्षण गराउनबाट बञ्चित हुनु नपर्ने भन्दै खुशी व्यक्त गरेका छन् ।

लालुपाते टोल विकास समितिकी अध्यक्ष कला खड्काले वडाले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य विमा गरिदिएकोप्रति धन्यवाद दिइन् । उनले भनिन्–‘यो कार्यक्रमले रकम अभावका कारण उपचार गराउन नपाएकाहरु सबैभन्दा बढी लाभान्वित भएका छन् ।’

स्वास्थयमा निम्न आय भएकाहरुको समेत पहुच पु¥याउन शुरु गरिएको वीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

यो सँगै वडाले वडागत बजेटबाट सुत्ेकरी महिलाहरुलाइृ ५ हजार सम्मको पौष्टिक आहार अन्तर्गतका खाद्यान्न वितरण गर्दै आएको छ ।

वडाले स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमलाई अगाडि सारिएको धरान उपमहानगरपालिका ६ नंं वडा समितिकी सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य देविका विश्वकर्माले बताइन् ।

उनले भनिन्–‘वडागत बजेटबाट सर्वसाधारणको स्वास्थ्यमा पहुच पु¥याउने खालका कार्यक्रम अगाडि सारेका छौैं, विमा कार्यक्रमभन्दा अगाडि हामीले सुत्केरी भत्ताको समेत व्यवस्था गरिदिएका छौं ।’

सामान्य आय स्रोत भएका र रकम अभावकै कारण जटिल विरामी हुदा समेत उपचारबाट बञ्चित हुनुपरेका सर्वसाधारणलाई औषधि समेत प्रदान गर्ने वडाले जनाएको छ ।

विगतमा स्वास्थ्य चौकीबाट सर्वसाधारणले पाउनुपर्ने औषधी उपचार पाउन नसकेको अवस्थामा लक्षित वर्गलाई समेटेर वडाकै बजेटबाट निःशुल्क स्वास्थ्य विमा कार्यक्रम ल्याएको हो ।

समय समयमा हुने स्वास्थ्य संक्रमण, जाडोको समयम हुने स्वास्थ्य समस्यालाई मध्यनगरी गरी टोलविकास समितिमार्फत १ सय घर परिवारलाई स्वास्थ्य विमा कार्यक्रम अगाडि सारिएको वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताए ।

उनले भने–‘स्वास्थ्य नै धन हो भन्ने अभिप्रायले हामीले वडागत बजेटबाट स्वास्थ्यका विविध कार्यक्रम अगाडि सारेका छौं, पछिल्लो समय हामीले विपन्न परिवारका १ सय परिवारलाई निःशुल्क स्वास्थ्य वीमा गरिदिएका छौं, यसको पहिचान गर्ने काम हामीले टोल विकास समितिलाई दिएका छौं ।’

वडाहरुले लक्षित वर्गलाई समेटेर स्वास्थ्य लगायत आत्मनिर्भर बनाउने कार्यक्रम पनि अगाडि सार्दै आएका छन् । यस्ता कार्यक्रमले सर्वसाधारणले समेत स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved