विराटनगरमा भारतीय फूलको फस्टाउँदो व्यापार

  • कार्तिक २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ स्थानीय उत्पादन सयपत्री फुलको बजारीकरणलाई प्रोत्साहन गर्न सरकारले नै भारतीय फुलको व्यापार निस्तेज गर्न खोजिरहेको छ तर देशका सिमानाकाका शहरहरुमा भने भारतीय फुलको व्यापार फस्टाउँदै गएको छ ।

तिहार नजिकिँदै जाँदा नेपाली बजार भारतीय फूलले ढाकेको छ । यस वर्षका लागि नेपालमै उत्पादित सयपत्री फुलले बजार धान्ने भएकाले भारतीय फुल आयातमा रोक लगाए पनि विराटनगरमा भारतीय फुलको व्यापार फस्टाउँदै गएको छ ।

भारतीय सयपत्री फूलको व्यापार ९० प्रतिशत भइरहेको छ । भन्सार छलि गरेर ल्याइएका भारतीय फुलले विराटनगरको बजार ढाकेको छ ।

नेपाली फूलको उत्पादनको प्रबद्र्धन गर्ने उदेश्यले विदेसी फूल आयातमा प्रतिबन्ध लगाइए पनि भारतीय फूलले बजार ओगट्ने गरेको हो ।

विराटनगर भन्सार कार्यालयबाट भने फूल आयात भएको तथ्याक देखिँदैन । भन्सारमा राजश्व तिरेर भारतबाट फूल नभित्रिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले बताए । उनको भनाईले पनि पुष्टि गर्छ नेपालमा अवैध ढंगले फुलहरु भित्रिने गरेको छ ।

तिहारलाई लक्षित गर्दै नेपाली बजारमा सयपत्री फूलको व्यापार सुरु भइसकेको छ । विराटनगरको बजारमा रहेका फूलका पसलहरूमा प्रायः जसो भारतको कलकत्ताबाट ल्याएका फूलहरू व्यवसायीहरूले बेचिरहेका छन् । प्लास्टिकका फूलहरूले समेत बजार ढाकेको छ ।

भन्सारबाट नभित्रिए पनि विराटनगरका पुष्प व्यवसायीहरूले भने भारतको कलकत्ताबाट ल्याएर बेच्ने गरेको बताए । कलकत्ताबाट आठ हजार सयपत्री फूलको माला ल्याएको विराटनगरको जय गुरु फूल डेकोरेसन पसलका संचालक अमल बेराले बताए । एउटा मालाको १ सय २० रुपैयाँमा बेच्ने गरेको उनले बताए ।

नेपालमा उत्पादन हुने भन्दा भारतबाट ल्याएको फूल बढी टिकाउ हुने भएकोले व्यापारीहरु त्यसतर्फ आकर्षित भएको बताउने गरेका छन् । ‘भारतबाट ल्याउँदा मूल्य पनि सस्तो पर्छ, अमलले भने ‘फूल पनि छिटै ओइल्याउँदैन । नेपालमा उत्पादन गरेको छिटै बिग्रिहाल्छ ।’

हप्तामा तीन पटक कलकत्ताबाट ल्याएर बेच्ने गरेको व्यापारीहरू बताउँछन् । मंगलबार, बिहीबार र शनिबार आफ्नो पसलमा भारतबाट फूल आउने गरेको विराटनगरकै राधाकृष्ण फ्लावर पसलका संचालक रुपेश साहले बताए ।

माहा दुर्गा फ्लावर एन्ड डेकोरेसन पसलका संचालक अभिजित मनिकले हप्ताको दुईदेखि तीन दिनभित्र तीन हजार थान फूलको माला बिक्री गर्ने गरेको बताए । भन्सारबाटै राजश्व तिरेर विराटनगरको गुद्रीमा फूल आउने गरेको र आफूले त्यहाँबाट लिने गरेको उनले बताए ।

बजारमा प्लास्टिकका फूलहरू पनि छ्याप्छ्याप्ती छ । सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रूपमा बिक्री भइरहेको व्यापारीहरू नै बताउँछन् ।

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

मे दिवसमा सडक दुर्घट ...

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै ...

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved