कंचनले ल्याए ‘यो मौसम बैमानी’ भाग २

  • कार्तिक २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  गायक, संगीतकार, लेखक र मोडल समेत रहेका कन्चन थलङ र चलचित्र तथा म्युजिक भिडियोको क्षेत्रमा उदाईरहेकी धराने नायिका रेखा लिम्बुद्धारा अभिनित म्युजिक भिडियो ‘चिसो चिसो छ मौसम’ बोलको भाग २ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भाग १ सार्वजनिक भएको करिब ४ बर्षपछि पुनः ‘चिसो चिसो मौसम’ भाग २ कै रुपमा म्युजिक भिडियो सार्वजनिक गरी बजारमा ल्याइएको हो । चार बर्ष अघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा रहेको चिसो चिसो मौसम बोलको गीत सार्वजनिक भएसंगै सोही भर्सनको ‘यो मौसम बैमानी’ बोलको नयाँ गीत संगै म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

निर्देशक सान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक कम्पोजर कंन्चन थलङ तथा नायीका रेखा लिम्बुको अभिनय रहेको छ । म्युजिक भिडियोमा एरेन्जरको काम सन्जिब सुब्बा, मिक्स मास्ट्ररिङ किशोर थापा,

स्टिल ग्राफर एलेक्स पुडासैनी, कस्ट्म अनुस्का डीसी (आश्री कृयशन) स्टुडियो एअन म्युजिसियन, अभिनय प्रिया कार्की, कोरियोग्राफर राजिब समर, एसिस्टेन कोरियोग्राफर रोशन बि.क., प्रोडक्सन म्यानेजर बिशाल कार्की, कन्ट्रोलर मनोज जोशी, भिडियो ईडिट, सिनेमोटोग्राफर अर्जुन तिवारी (टिम एम बि ए) कलर ईडिटिङ सुप्रीम पराजुलीले गरेका छन ।

मंगलबार धरान ८ स्थित फ्रेन्डस सिनेमा हलका एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा गायक थलङले आफु लिम्बुवान आइडलबाट चिनिएको र पछिल्लो समय काठमाडौं बसेर सङ्गीत कर्म गरिरहेका बताए ।

उनी काठमाडौँमा रहेर गायनमा सक्रिय भइरहेको भएपनि धराने र पुर्बी प्रदेशका दर्शक श्रोताहरुले आफुलाई सांगितीक क्षेत्रमा लाग्न प्रेरणा प्रदान गरिररेको बताए । उनले आफु लगायतका कलाकारहरुले कोशिस गरेकोले सबैको माया चाहिएको बताए ।

त्यसको लागी उनले दर्शकहरुलाई मनमा राखेको समेत बताए । उनले अघिल्लो म्युजिक भिडियोको कुरा गर्दे ‘चिसो चिसो मौसम’ पछि दर्शकहरुको डिमान्ड आएकोले पनि आफुले नयाँ प्रयास गरेको बताए ।

कार्यक्रममा रेखा लिम्बूले आफना लागी खुशीको दिन भएको र आजैबाट आफना म्युजिक भिडियो प्रिमियर सोमा आएको बताए । शो हेरीदिनु हुने हलभरीको दर्शक आउदा अत्यत्तै खुशीसंगै सबैलाई धन्यवाद ब्यक्त गरेकी थिईन भने उनले आफना म्युजिक भिडियो र चलचित्र दुबैलाई साथ सपोर्ट मिल्ने अपेक्षा रहेको समेत बताईन ।

म्युजिक भिडियो ‘यो मौसम बैमानी’ कन्चनको थलङको जन्म दिनको अबसर पारेर उनकै युटयुव च्यानल कंचन थलङ नामक युटयुव बाट मंगलबार सार्वजनिक गरिएको छ । धरान स्थित फ्रेन्डस सिनेमामा सार्वजनिक गरिएको थियो ।

गायक कंचन थालङको जन्मदिनको अवसरमा पारेर आफना म्युजिक भिडियो रिलिज संगै आफुले सागीतिक क्षेत्रबाट कमाएको रकमहरु मध्ये १० हजार रुपैया रुकुम र जाजरकोटमा गएको भुकम्पबाट ज्यान गुमाएका तथा पीडितहरुलाई सहयोग प्रदान गरेको समेत जानकारी दिएका छन ।

थलङ लिम्बुवान आइडलबाट सांगीतीक क्षेत्रमा ब्यवसायीक रुपमा लागेको र उनले हाल सम्ममा निकै नै चर्चित गीत गीतहरु गाईसकेका छन भने ती गीतहरुले मिलियनमा भ्युज समेत पाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved