यस बर्षको तिहारमा स्थानीय फूल पर्याप्त

  • कार्तिक २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ ।

कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो ।

धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका केही बर्षहरुमा कहिले फूल रोपेर तिहारको गर्जो टार्नेहरुलाई तिहार टार्न नै धौ धौ भएपनि यस बर्ष भने प्रसस्त फूल फुलेका कारण फूल विक्री गरेर आएको रकमले तिहार टर्ने स्वयम् फूल कृषक उमा देबी थापा बताउछिन् ।

यस बर्ष धरान ५ खैरेनी, आपटार, धरान ६ पानबारी, सिमलटार लगायतका क्षेत्रमा कृषकहरुले लगाएको सयपत्री फूल ढकमक फुलेको पाइएको छ । स्थानीय सरकारले समेत फूल कृषकहरुलाई प्रोत्साहन गर्दै आइरहेको छ ।

फूल खेतिबाट मनग्गे आम्दानी लिनका लागि सयपत्री फूल रोप्ने अभियानलाई वडा नं. ६ ले अभियान नै थालेको ६ नं. वडा समितिकी सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य देविका विश्वकर्माले बताइन् ।

कृषकका जीवनस्तर उकास्न सयपत्री फूल खेतिले मद्धत पुग्ने भएकोले पनि सयपत्री फूलको व्यवसायिकरणतर्फ जोड दिने बताइन् । उनर्ले नेपालकै फूलमा आत्मनिर्भर बनाउदै आयातित फूल रोक्ने अभियानमा स्थानीय सरकार लागेको बताइन् ।

धरान ५ र ६ का वडाहरुबाट मात्र यस बर्षको तिहारमा सर्वसाधारणले करोडौ रुपैया बराबरको फूल विक्री गर्ने अनुमान गरिएको छ । यी वडाका प्रत्येक घरपरिवारले यस बर्ष सयपत्री फूल लगाएका छन् ।

अहिलेको परिस्थितिलाई हेर्दा भारतीय आयातित फूललाई नेपाली फूलले विस्थापित गर्ने सम्भावना बढेर गएको धरानस्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउछन् । नेपालमै प्रसस्त फूल फुलेका कारण यो बर्षको तिहारमा भारतीय फूल आयातमा कम हुने शंकेत देखिएको भट्टराईले बताए ।

गत बर्षको तिहारमा कारोबार भएको सम्पूर्ण फूलको २५ प्रतिशत भारतीय बजारको फूल प्रयोग गरिएको थियो यस बर्ष घर घरमा तथा व्यवसायिक फूल खेति गर्नेहरुले प्रसस्त फूलाएका कारण भारतको आयातित फूलको आवश्यकता नपर्ने सम्भावना बढेर गएको भट्टराईको भनाई छ ।

गत बर्षको तिहारमा कृषि बजारबाट औसतमा ४ लाख मालाको कारोबार भएको थियो ।

कारोबारमध्येको १ लाख माला भारतीय फूलको आयातित माला र ३ लाख नेपाली फूलको मालाकाृ कारोबार भएको थियो ।

तर यस बर्ष कृषकको बारीमा प्रससत फूल फुलेका कारण कृषि बजारबाट बर्ष ४ लाख ५० हजार मालाको कारोबार हुने सम्भावना देखिएकाले भारतीय आयातित फूल विस्थापित हुने भट्टराई बताउछन् ।plwer-4

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved