विविएस चौथो वर्षमा मेरिल्याण्ड नेपाल प्रथम भएको दाबी

  • कार्तिक २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ ।
विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो ।

८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् ।

त्यस्तै २०७६ सालमा पनि विविएस चौथो वर्षमा छात्र रोहित कार्कीले ८३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए ।

यसै गरि २०७८ सालमा राष्ट्रिय परिक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को परिक्षामा दिया अग्रवालले नेपालकै उच्च ३ दशमलव ९९ जीपीए ल्याई नेपाल प्रथम भएकी थिईन् । मेरिल्याण्डको उत्कृष्ट रिजल्ट आउनुमा कलेजको उत्कृष्ट शैक्षिक वातावरण भएको छात्रा कृति बोहोराले बताइन् ।

प्रवेश पौडेल हाल मेरिल्याण्ड सिएमा क्याप वान र क्याप टु उतिर्ण गरि क्याप थ्री मा अध्यनरत छन् । मेरिल्याण्ड कोशी प्रदेशकै उत्कृष्ट व्यबस्थापन अध्यापन गराउने शैक्षिक संस्था मानिन्छ ।

हात्ती आतंकबाट त्रसि ...

इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन ...

अपाङ्गतामैत्री नीति ...

विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर् ...

कोशी अस्पतालका कुरुव ...

विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिर ...

राजमार्गमा गैरकानुनी ...

धरान/ स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved