सरकारले योजनाबद्ध विकास अघि बढाउन सकेन:प्रदेश सांसद

  • कार्तिक २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् ।

कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए ।

प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन ।

ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे ।

त्यसै गरि प्रदेश सभा सदस्य गोविन्द गिरीले कोशी प्रदेशको राजनीतिक खिचातानीले गर्दा कोशी प्रदेशमा सभामुख नभएको अवस्थामा तत्काल सभामुख बनाउनु पर्ने बताए ।

उनले कृषि क्षेत्रलाई ध्यानमा राखेर कृषि र पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

त्यस्तै सुनसरीका प्रदेशसभा सदस्य सदानन्द मण्डलले बराह नगरपालिकाका २ वटा वडा र उदयपुरको ५ वटा वडा सप्तकोसी नदीको बिचमा रहेको गरैया टापु र सिलिया टापुमा शिक्षा र स्वास्थ्यको समस्या रहेको बताए ।

उनले त्यो ठाउँमा कक्षा ८ सम्म मात्र पढाई हुने र त्यसभन्दा माथिको विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित रहेको जानकारी गराए ।

गरैया टप्पु र सिलिया टापुमा ७ हजार ६५९ घर परिवार रहेको बताएका उनले कक्षा ८ भन्दा माथिको पढाई र एउटा पनि एम्बुलेन्स नभएको अवस्थामा गुणस्तरीय स्वास्थ्यमा ध्यान दिन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कोशी प्रदेश सभाको मंगलवारको बैठकमा जनता समाजवादीकी सांसद निर्मला लिम्बुले विशेष समय लिएर बोलेकी थिईन् ।

 

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

धरान १४मा रहेको पिण् ...

धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अग ...

महाकुम्भको राजधानी च ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved