बिपीमा चिकित्सकहरू काममा फर्किए' कर्मचारीसँग ४ बुँदे सहमती

  • कार्तिक २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।

तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् ।

चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ ।

आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो ।

रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भित्र अन्तवार्ता पुनः गर्ने गरी आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भएपछि सोमवार देखी आन्दोलन स्थगित भएको हो । सहमति पत्रमा लोकसेवाको प्रावधान समावेश गर्ने, लोकसेवा आयोगको स्वीकृति लिने जस्ता प्रक्रियाहरू ‘फास्ट ट्रयाक’ मा पुरा गर्ने बाध्यात्मक सम्झौता गरिएको छ ।

सहमति पत्रमा अन्तरवार्ता अघि शिक्षकको प्रस्तावित नियमावलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार आवश्यक प्रक्रिया अवलम्बन गरी सरोकारवालाहरूसँग सुझाव लिएर कार्यकारिणी सञ्चालक परिषदमा स्वीकृतिका लागि पेस गर्ने उल्लेख छ ।

सहमति पत्रमा यसअघि खारेज गरिएको करार सेवाको विज्ञापनलाई पनि प्रक्रिया पु‍¥याएर अन्तरवार्तामा समावेश गरिने सहमति भएको छ । सहमति अनुसार शिक्षक पदको यस अघि रोकिएको अन्तरवार्ता आउँदो पुष २० गते सुरु गरी २५ गते सम्ममा सम्पन्न गरिने छ ।

यसअघि निलम्बनमा परेका तत्कालीन उपकुलपति ज्ञानेन्द्र गिरीले शिक्षक पदको बढुवाको अन्तरवार्ता सुरु गरेका थिए ।

उनी निलम्बनमा परेपछि निमित्त उपकुलपति प्रा.डा. सञ्जीव शर्माको कार्यकालसम्म अन्तरवार्ता जारी थियो ।

यसैबिच लोक सेवा आयोगले उसको उपस्थिति वा सहमति बिनाको बढुवा प्रक्रियाको अन्तरवार्ता अमान्य हुने जनाएपछि कामु उपकुलपछि प्रा.डा. प्रह्लाद कार्कीको कार्यकालमा बढ्वा प्रक्रिया सहित अन्तरवार्ता रोकिएको हो ।

अघिल्ला उपकुलपतिहरूको उपेक्षा, ढिलासुस्तीका कारण ७ वर्ष देखी रोकिएको चिकित्सकहरूका बढुवा प्रक्रिया अघि बढाउन प्रतिष्ठानका १ सय ७७ चिकित्सकहरूले संयुक्त राजीनामा दिएका थिए । उनीहरूले बढुवा प्रक्रिया सुरु नगरे राजीनामा स्वीकृत गर्न सरकारलाई चुनौती दिएका थिए ।

यसअघि धरानका ५ राजनीतिक दलहरूले आन्दोलनकारी चिकित्सकहरूसँग वार्ता गरी प्रतिष्ठानको गतिरोध अन्त्य गर्ने सुरुआत गरेको थियो । उनीहरूको वार्ताले आन्दोलनकारी र कार्यकारिणी पदाधिकारी बिच वार्ताको वातावरण बनेको हो ।

वार्ताको अन्तिम क्षण सहमत पत्र मस्यौदाको लागि धरानका नागरिक समाजका अगुवाहरूले आन्दोलनकारी र पदाधिकारीहरू बिच सहजीकरण गरेका थिए । सहमति पत्रमा हस्ताक्षर हुँदा सोमबार नागरिक समाजका अगुवाहरू वार्तास्थल पुगेका थिए ।

उनीहरूलाई उपकुलपति प्रा.डा. प्रह्लाद कार्की, राजिष्ट्रर प्रा.डा. सूर्यप्रसाद संग्रौलाले वार्तामा समझदारी कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिएकोमा धन्यवाद ज्ञापन गरे ।

यता धरानका राजनितिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरि सहमतीलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

शिक्षक तथा कर्मचारीको वृत्रि विकाश तथा बढुवाका विषयमा भएको आन्दोलनलाई राजनैतिक दलहरुक तर्फबाट गम्भिरतापुर्वक लिई केन्द्रिय सरकार, प्रतिष्ठान व्यवस्थापन तथा आन्दोलनरत पक्षहरु बिच पटक पटक भएका वार्ता र छलफलहरु भए पस्चात सोमबार प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत पक्षबिच वार्ता भइ समस्या समाधान भएको धरानवासीलाई जानकारी गराएको छ ।

विज्ञप्तीमा आगामी दिनमा गरिने आन्दोलनहरुले सेवाग्राहीलाई असर नपुग्ने गरि आफ्ना आन्दोलनका कार्यक्रम गर्न पनि अनुरोध गरेको छ ।

कर्मचारीसँग ४ बुँदे सहमती

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुसँग पनि पदाधिकारीहरुको ४ बुँदे सहमति भएको छ ।

आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग सहमति भए लगत्तै प्रतिष्ठानका पदाधिकारीहरु कर्मचारी कल्याण समाजसँग पनि वार्तामा बसेका थिए ।

कर्मचारीहरुको माग पनि शिक्षकहरुको जस्तै रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने थियो । शिक्षकहरुसँग लिखित सहमति भइसकेको कारण कर्मचारीहरुसँग सहमति गर्न सहज भएको थियो ।

कर्मचारीहरुसँगको वार्तामा धरानका राजनीतिक दलका नेतृत्व, वडा अध्यक्ष सहभागी भएका थिए ।

कर्मचारी कल्याण समाजसँग अन्तरवार्ता हुन बाँकी रहेका सबै स्थायी तथा परफर्मेन्स करार सेवाका पदहरुका कर्मचारीहरुको पुष १ गतेदेखि पुष मसान्तसम्म अन्तरवार्ता सम्पन्न गर्ने सहमति भएको छ ।

यस्तै, करार सेवाको कर्मचारीहरुको अन्तरवार्ता मंसिर १ गतेदेखि सुचारु गरेर मंसिर भित्र सम्पन्न गर्ने, समाजका सदस्य र कर्मचारीहरुप्रति व्यवस्थापन पक्षले कुनै पुर्वाग्रह नराख्ने पनि सहमति पत्रमा उल्लेख छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved