धरानमा पर्यटकको चहलपहल शुरु

  • कार्तिक २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/  विगत ८ वर्ष देखि विभिन्न घटनाले गर्दा थलिएको पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेको छ ।

अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भए पनि पर्यटकहरु भ्रमणमा आउन थालेपछि भने आर्थिक गतिविधि चलायमान हुन थालेको हो । धरानमा पर्यटकहरुको आगमनसँगै व्यवसाय पनि फस्टाउन थालेको अनुभव गर्न थालिएको छ ।

कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त भयो नै सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको थियो । यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ ।

समस्याका बाबजुद पनि ओरालो लागेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ । पर्यटन नै नआएर सुनसान बनेका क्षेत्रहरुमा अहिले विस्तारै चहलपहल बढ्न थालेको छ । कोशी प्रदेशका अधिकांश क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको छ ।

त्यसमा पनि धरान पर्यटकीय क्षेत्र घुम्न आउनेको लागि केन्द्रविन्दु हुने गरेको छ । पूर्वका कोशी पहाडी जिल्ला घुम्न आउनेहरु धरान हुँदै भ्रमण गरेर फर्किने गरेका छन् ।
धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुर घुम्दा अत्यन्तै राम्रो लागेको सिन्धुपाल्चोकबाट भ्रमणमा आएका संकल्प लामा बताउँछन् ।

धनकुटाको भेडेटारसम्म पुग्ने लक्ष्य सहित विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लिएर आएका उनले धरान एकदमै रमाइलो लागेको बताए । यहाँको भ्रमणले विद्यार्थीहरुलाई धेरै ज्ञान प्राप्त भएको बताए ।

उनीहरु मात्र हैन पछिल्लो समय धरानको विजयपुरमा रहेका पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या लगायतका मन्दिरमा धेरै समूहहरु विभिन्न ठाउँबाट शैक्षिक भ्रमणका लागि आउने गरेका छन् ।

विद्यार्थीहरु किताबी ज्ञानमा मात्र सीमित रहेको बेला उनीहरुलाई प्रत्यक्ष रुपमा भ्रमण गराउँदा प्रभावकारी हुने भएकोले पनि यो क्षेत्रमा शैक्षिक भ्रमणका लागि ल्याइएको गुल्मीबाट आएका शिक्षक शंकर ज्ञवाली बताउछन् । उनले धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुर अत्यन्तै सुन्दर रहेको बताउदै यसको विकास गर्न सके पर्यटकीय गन्तव्य बन्नेमा दुई मत नरहेको बताए ।

धरानको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत धेरै प्रयासहरु गरेको छ । बाहिरबाट आएका पर्यटकलाई पर्यटन क्षेत्रको जानकारी गराउन धरानको भानुचौक तथा धार्मिक क्षेत्र विजयपुरमा सूचना केन्द्र समेत स्थापना गरेको छ ।

नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बार्षिक कार्यक्रम समेत तय गर्ने गरेको छ । दशै तथा तिहारको छुट्टीको समयमा धरानका विभिन्न क्षेत्रमा अत्याधिक पर्यटक आउने गर्छन् । यसलाई व्यवस्थित गर्न उपहानगरपालिकाले धेरै प्रयास गरिरहेको धरान उपमहानगरपालिका अन्तर्गतका पर्यटन शाखाका प्रमुख शुशिला अधिकारी बताउँछिन् ।

पछिल्लो समय ठप्प भएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुदै गएको छ । पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले भौतिक पूर्वाधार, ऐतिहासिक क्षेत्रको संरक्षण, सडक सञ्जालको पहुँच, पर्यटकहरुलाई सहुलियत दरको आवास गृह लगायतका धेरै काम गर्न बाँकी छ ।

यसतर्फ स्थानीय सरकारले सोच्ने हो भने पूर्व क्षेत्र पर्यटकहरुको लागि भ्रमण गर्ने स्थानको रुपमा विकास हुने पक्का छ ।

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सामाजिक स्वास्थ्य क् ...

धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएक ...

सार्वजनिक सम्पत्ति ...

धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिं ...

दिल्लीको होटलबाट ओखल ...

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved