प्रहरी श्रीमति संघद्वारा मठ मन्दिर सरसफाई

  • कार्तिक २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ ।

सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो ।

यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढाउने, अछेता प्रयोग गर्ने लगायतका फोहोरले मन्दिर प्रदुषित हुदै गएपछि मठ मन्दिर सफाईलाई तिब्रता दिइएको संघकी अध्यक्ष अजिता देवकोटाले बताइन् ।

स्थानीय सरकारले मठ मन्दिरको संरक्षण गरे पनि यसमा सबैले साथ दिएमात्र संरक्षण हुने १४ नं. वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

संघले जस्तै अन्य संघ संस्थाले मठ मन्दिरको सरसफाई गर्ने हो भने मठ मन्दिर पवित्र हुने उनले बताए । उनले श्रीमति संघले गरेको सरसफाई साच्चैको सह्रानीय काम भएको भन्दै धन्यवाद दिए ।

संघले स्थापना कालदेखि नै सरसफाईमात्र हैन गरिब तथा असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामागी वितरण, सहाराविहिन लाई सहयोगका कामहरु गर्दै आइरहेको छ ।

 

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved