‘तस्कर तन्त्रलाई बढवा दिदाँ अर्थतन्त्रमा असर’

  • कार्तिक १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  देशको वैज्ञानिक संरचनालाई अहिलेको सरकारले कमजोर बनाएको नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष तथा संघीय प्रतिनिधी सभा सदस्य एल. पी. साँवाले बताएका छन् ।

सरकारले तस्कर तन्त्रलाई बढुवा गरेकाले देशको अर्थतन्त्र नै धरातलमा परेको र त्यसको असर उद्योग व्यवसायीमा देखा परेकाले सिङगो देशको नै आर्थिक अवस्था कमजोर भएको बताए ।

उनले भने, ‘उद्योग व्यवसायीहरुले जुन ठाउँमा छौं, त्यहिबाट आवाज उठाईरहनु पर्छ अनि मात्रै हाम्रो कुराको सुनवाई नेतृत्वलाई जानकारी हुन्छ अनि त्यसको बिषयमा छलफल हुनेछ, देशमा आर्थिक आय हुने सहकारी, निजि, र पब्लिक गरि तीन तह रहेको छन्,

उद्योग व्यवसाय निजि क्षेत्रमा पर्छ, निजि क्षेत्रले देशमा ५५ लाख नागरिकलाई रोजगारी दिएको छ देशको आर्थिक स्थिति ८१ प्रतिशत भन्दा वढीले आर्थिक बढाउने काम व्यवायाले गरेको छ ।’ व्यवासायीहरुले विभिन्न ठाउँमा समस्याहरुको छलफल अन्तरक्रिया कार्यक्रम गरिरहेको उनले बताए ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम वेघाले व्यवासायीहरुको समस्या धरान मात्रै नभएर देश‌भरि रहेको बताए । अहिले, इटहरी, विराटनगर, धरानका आसपास देखि राजधानी काठमाडौ समेत सटरहरु बन्द हुनेगरेको व्यवासीयहरुले समस्या राख्ने गरेको उनले बताए ।

उनले भने, ‘देशको अर्थतन्त्रमा नै समस्या छ, देशमा मात्रै नभएर विश्वको अर्थतन्त्रमा समस्या देखिएको छ, त्यसको असर उपमहानगर, नगर, गाउँपालिका हुँदै घर भित्र नै आर्थिक समस्या देखिरहेको छ, व्यवासायीहरुको पीडा नगरले महसुस गरिरहेको छ, यसलाई समाधान गर्ने दायित्व व्यक्ति र नेतृत्वको हो ।’

नेपाल उद्योग व्यवासायी संघ धरान नगर अध्यक्ष शिवराज श्रेष्ठले धरानले व्यवासायीलाई हेर्ने दृष्टिकोणमा अहिले पनि सुधार नदेखिदा व्यवसायीहरूलाई व्यवसाय गर्ने निकै अप्ठ्यारो हुने गरेको बताए ।

धरान उपमहानगरपालिकाले धरानको अनुगमन गर्दा कसरी गर्ने भने कुरामा हेका नराख्दा कसले अनुगमन गर्ने भने कुरामा केही चुकेको देखिएको उनको भनाई छ । धरानमा भएको अनुगमन निति नियम भित्र नहुँदा बर्षौ देखि व्यवसाय गर्नेहरुलाई निकै असर परेको बताए ।

धरानको व्यवसायको पहिचान र अर्थशास्त्री कृष्ण गोपाल अधिकारीले धरानको व्यवसायको पहिचान र समाधान गर्न सके धरान पुर्वकै व्यवसायी सुरुवात गर्ने शहरमा चिनिने बताए ।

उनले भने, ‘धरानमा भएका करिब २ सय उद्योग अहिले अन्यत्र सरेर गएका छन किन ?, अहिले धरानमा १० वटा जति मात्रै व्यवासायी उद्योग रहेका छन् किन धरानको स्थानीय सरकारले अहिले सम्म धरानका ठुलो उद्योग रोक्न सकेको छैन ।’

धरानको व्यवसायलाई चलायमान बनाउन र धरानको व्यवासायी उकास्न सकेमात्र धरानको विकास हुने बताए । व्यवसायीको पहिचान गरि धरानको व्यवसायी ज‍ोगाउन सके धरानको विकास हुने बताए ।

विपि प्रतिष्ठानका डाक्टर रोशन कलवारले धरानको नै नाम छोडिएको प्रतिष्ठानमा अहिले एमविविएस भर्ना हुन वाहिर देशबाट समेत विद्यार्थीहरु आउँदा धरानमा चहलपल बढ्ने गरेको बताए ।

अहिले सरकारको विभिन्न नितिले भर्ना बन्द हुँदा डाक्टरहरुको उत्पादन समेत कम भएको र डाक्टरहरुको बढुवा रोक्दा धेरै समस्या भइरहेको बताए । जसको कारण धरानको आर्थिक क्षेत्रमा प्रभाव पारेको उनको भनाई छ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बूले मेयर र जनप्रतिनिधिहरुको दृष्टिकोण नमिल्दा धरान विकासमा निकै पछाडि परेको बताए ।

‘राजनिती दल एकातिर धरानका प्रमुख एकातिर भएकाले यसलाई मिलाउने काम गरिरहेका छौ, उनले भने, विपि प्रतिष्ठानको समस्या समाधान गर्न पनि राजनितीक दलहरुले समन्वय गरिरहेका छौं ।’

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved