१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनौट भएसँगै रङ्गेलीमा दीपावली (फाेटाे फिचर)

  • कार्तिक १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

गेली।१० वर्षपछि नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप २०२४ का लागि छनोट भएसँगै क्रिकेट समर्थकहरूले देशभर दीपावली गरिएका छन्।

मोरंगको रंगेली नगरपालिका वडा नं ८ र ९ का क्रिकेट सर्मथकहरुले नेपालको ऐतिहासिक जितमा फर्साडागीं चोकमा दिपावली कार्यक्रमको आयोजना गरी खुशियाली मनाएका हुन्। 

dipawali (6)

क्रिकेटमा शक्ति राष्ट्रको रुपमा नेपालले पनि आफ्नो नाम उजागर गर्दे एक पछि अर्को सफलता हात पार्दै गएकाले यस ऐतिहासिक दिनलाई उत्सवको रुपमा मनाएको नेपाली क्रिकेट समर्थक तुलसी सापकोटाले बताए।

dipawali (35)

नेपालको ऐतिहासिक जितका साक्षी हुन पाएको खुसी व्यक्त गर्दै यस दिनलाई उत्सवका रुपमा मनाइएको स्थानीय हरि रिजालले बताए। नेपालले उत्कृष्ट प्रर्दशनले संसारलाई क्रिकेटको मार्फत नेपाल चिनाउने अवसर प्राप्त गर्दा निकै खुसीलागेको कार्यक्रममा उस्थिति सिता सापकाेटाले बताइन्। त्यस्तै, क्रिकेटमा नेपालकाे पछिल्लाे प्रदर्शनले नेपालीहरुमा खुसी छाएकाे राधिका मिश्रले बताइन्। कार्यक्रममा सहभागी स्थानीय चन्दन ठाकुरले खेलले विभिन्न स्थानमा रहेका नेपालीहरुलाई एक जुट बनाइ समाजमा भाइचारा कायम गर्न समेत मद्दत पुर्‍याउने भन्दै आगामी दिनमा नेपाली क्रिकट टिमलाइ शुभकामना समेत दिएका थिए। कार्यक्रममा दर्जनौं नेपाली क्रिकेट सर्मथकहरुको उपस्थितिमा नेपालको राष्ट्रगान गाउँदै सरिक भएका थिए।

dipawali (17)

एक पछि अर्को ऐतिहासिक सफलता प्राप्त गर्दै गएको नेपाली क्रिकेट टिमले शुक्रबार आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा  छनोट भएको हो। शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७।१ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो।

dipawali (5) dipawali (2) dipawali (4) dipawali (9) dipawali (7) dipawali (10) dipawali (1) dipawali (11) dipawali (26) dipawali (34) dipawali (39) dipawali (21) dipawali (15) dipawali (29) dipawali (23) dipawali (20) dipawali (36) dipawali (27) dipawali (19) dipawali (22) dipawali (18) dipawali (30) dipawali (24) dipawali (16) dipawali (31) dipawali (32) dipawali (25)

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved