मोरङ/ कोशी प्रदेशमा सरकार गठन प्रक्रिया पेचिलो बनिरहेको अवश्थामा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सर्वदलीय सरकार बनाउन उपयुक्त हुने बताएका छन् ।
नेकपा एमालेले समर्थन गरेर नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री बने पछि सरकारले पुर्णता पाउन कठिन भइरहेको अवश्थामा उनले सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार मात्रै समाजवादी र माओवादीका एक एक जनालाई बिना विभागीय मन्त्री बनाइसकेका छन् । एमाले सरकारबाट बाहिरिएको छ । यसै बिच शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै सर्वदलीय सरकार बनाउँदा उपयुक्त हुने बताएका छन् ।
अध्यक्ष नेपालले सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने बताए ।
अध्यक्ष नेपालले कोशीमा अब पुरानो गठबन्धन मात्रै कायम रहेको बताए । ‘सर्वपक्षीय सरकार बनेको छैन, अध्यक्ष नेपालले भने ‘कहिले को सत्तामा को प्रतिपक्षमा हुने भन्ने अवस्थाले गुज्रिरहेको छ । त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्छ ।’
कोशी प्रदेशको अस्थिरतामै धकेलिरहेको उनले बताएका छन । ‘सर्वदलीय बनाएर आलोपालो गरेको भए पनि हुने थियो ।
मैले पहिलाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीजीलाई पनि भनेको थिएँ । तपाइहरूको पार्टीको तर्फबाट स्थायी सरकार बनाउनका लागि पहल गर्नुहोस भनेर । सरकार ढाल्ने बनाउने काममा नलाग्नुहोस भनेको थिएँ । तर भने जस्तो हुँदैन रहेछ ।
यो सरकारले विश्वासको मत लिएकाले अब केही समय चल्छ होला’ उनले भने ।
मुलुकको अवस्था कहालीलाग्दो रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।
‘आर्थिक अवस्था सुधार गर्न व्यापक छलफल गरौँ भनेर मैले हिजो प्रधानमन्त्रीलाई भनेको छु, अध्यक्ष नेपालले भने ‘भ्रष्टाचार अन्त्य गरेर जनताको निराशा अन्त्य गर्नुपर्छ भनेर पनि भनेको छु ।’ रिगल ढकाललाई माफी दिने निर्णय गलत भएको समेत बताएका छन ।
अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई भूकम्प पीडितको उद्धार तथा राहतमा खटिन पनि आग्रह गरेका छन ।