नुना स्टोर प्रकरण : बचतकर्ताको रकम २५ करोड भन्दा बढी

  • कार्तिक १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बचतकर्ताको रकम लिएर फरार रहेका धरान ११ स्थित नुना स्टोरका संचालकले २५ करोड भन्दा बढी रकम तिनुपर्ने देखिएको छ ।

केही दिन अघि पिडितहरुको उजुरीको आधारमा ३ करोड रुपैया लिएर फरार रहेको भनिए पनि पछिल्लो समय उजुरी गर्नेको संख्या बढ्दै गए पछि उनले २५ करोड भन्दा बढी रकम लिएर फरार रहेको बुझिएको हो ।

संञ्चालक वसन्त राई ४ सदस्यीय परिवार सहित भागेपछि १८ जना पीडितहरू पहिलो निवेदन लिएर इलाका प्रहरी कार्यालय पुगेका थिए । थप ३६ जना पीडितहरूले दोस्रो निवेदन प्रहरीमा दिएका छन ।

तेस्रो निवेदन ८ जनाले दिएका छन् । राईले पसलमा कारोबार गरेका ६० जना पिडितहरुको २५ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार रहेको देखिएको छ ।

पत्रकार सम्मेलनमा नुना स्टोरका सञ्चालक राई कात्तिक २ गते देखि स्टोर बन्द गरेर सम्पर्क विहीन भएको पीडित चन्द्रकुमारी तामाङले बताइन । उनको मात्र ९४ लाख रुपैयाँ नगद वसन्त राईले चलाएका छन ।.

सञ्चालक राई सहित श्रीमती उर्मिला राई, २ छोरा जेठा जोशन राई कान्छा निशान राई समेत कुनै जानकारी नदिई हिँडेकाले फरार भएको चन्द्रकुमारीको भनाई छ । छिमेकी समेत रहेका सञ्चालक राई कसैलाई थाहा नदिई सपरिवार हिँडेको जस्तो लागेपछि उनले राई र उनको छोराको मोबाइल नम्बरमा फोन पनि गरिन ।

स्टोरमा सुनचाँदी बाहेक रेमिटेन्सको समेत कारोबार गरिन्थ्यो । हालसम्म फुर्वा शेर्पा राई, स्मृति राई, शान्ता राई, राम बिक, चन्दा राई, दीपेन्द्रकुमार लिम्बू, केदार राई, सङ्गीता राई लिम्बू समेतले सुनको कारोबार गर्दै आएका थिए । बन्धक राखिएको सुन निकाल्न बुझाएका साँवा र ब्याज रकम सुन समेत लिई सञ्चालक वसन्त फरार भएका हुन ।

फरार भएका राई परिवारलाई पीडितहरुले सम्पर्कमा आउन र अझै कारोबार सम्हाल्न आग्रह गरेका छन् ।

पिडित चन्द्रा तामाङले भनिन्, ‘अझै पनि हामी भन्छाै, जही भएपनि सम्पर्कमा आउनुस, हामी केही गर्दैनौं, आएर हिसाब मिलाउनुस, कारोबार सम्हाल्नुस्, यति समयभित्र तिछौं भनेर कागज गर्दा पनि हुन्छ, ।’

प्रहरीमा जोहरी दिदा पनि वास्ता नभएको पीडितहरुको भनाई छ । प्रहरीले जोहरी दर्ता नगरेपनि फरार भएका परिवारलाई खोजी गरेर सम्पर्कमा ल्याउन सके पीडितहरुले राहत पाउने पुर्वप्रहरीसमेत रहेका पीडित बुद्धिमान तामाङले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved