अघिल्लो सरकारकै एजेण्डा लागू गर्ने प्रयास: मुख्यमन्त्री कार्की

  • कार्तिक १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् ।

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको एजेण्डा आफूले प्रदेशमा लागू गर्न खोजेको उनको दाबी छ । सहमतीय सरकारको एजेण्डा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै भएकोले एमाले यसबाट पन्छिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ ।

तत्कालिन मुख्यमन्त्री कार्की र उद्धब थापा दुबै जनाले सहमतीय सरकारको प्रस्ताव गरेपनि दलहरु सहमत नभएकोमा आफ्नो नेतृत्वलाई सबैले विश्वासको मत दिएर सहमति जनाएको मुख्यमन्त्रीले दावी गरे ।

उनले भने, ‘अघिल्ला मुख्यमन्त्रीको प्रयासमा सहमति नजुट्दा उहाँहरुले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन मेरो प्रयासमा सहमति जुटेकोले नै राप्रपाबाहेक सबैको विश्साको मत पाएको हुँ ।’

यसअघि एमाले सरकारमा रहुञ्जेल माओवादी र एकीकृत समाजवादी सरकारमा आउन नचाहेको अवस्था आफूले छलफलपछि समाधान गरेकोमा एमाले बाहिरिनु गलत भएको बताए । सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई उनले आग्रह समेत गरे ।

शनिबार मुख्यमन्त्री कार्कीले प्रदेशको जटिलता र परिवर्तनको विरुद्ध भएको चलखेलविरुद्ध मुख्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए । एमालेकै सहयोगमा आफू मुख्यमन्त्री भएकोले फेरि पनि एमालेलाई साथमा लिएर अगाडि बढ्ने प्रयास गर्ने उनको भनाई छ ।

संविधान जारी गर्दा देखि जनआन्दोलन सफल बनाउँदा दलहरूबीचमा भएको सहकार्यलाई स्मरण गर्दै मुख्यमन्त्री कार्कीले दलहरुबीचको सहकार्यले नै लोकतन्त्र बलियो हुने र परिवर्तनलाई संस्थागत गर्न सकिने बताए ।

आफूलाई विश्वासको मत दिँदा सबै दलहरु एकैठाउँमा उभिएको स्मरण गर्दै उनले एकअर्कामा दुराभाव नराखिकन सहकार्यमा आउन एमालेलाई आग्रह गरे ।

आफ्नो नेतृत्वको सरकार सत्ता टिकाउनका लागि क्याल्कुलेट गरेर सत्ता टिकाउन कसरत गर्नु नपर्ने खालको रहेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले कार्तिक २० गतेबाटै बजेट प्रतिस्थापन विधेयक संसदमा जाने बताउँदै त्यसपछि कर्मचारीसँग सम्बन्धीत विधेयक अगाडि लिएर जाने पनि जानकारी दिए ।

यही अधिवेशनबाट संसदीय समितिहरु निर्माणको पहल सुरु गर्ने पनि उनले बताएका छन ।
सहमतिका लागि र चाडबाडको कारण सरकारलाई पूर्णता दिन ढिलाई भएको बताउँदै छिट्टै सरकारले पूर्णता पाउने मुख्यमन्त्री कार्कीले बताए ।

उनले भने, ‘अब विभागको जिम्मेवारी सहित छिट्टै सरकारलाई पूर्णता दिन्छौं ।

तिहारपछिसम्म जाँदैन, सरकारलाई नयाँ रूपले हामी अगाडि बढाउन चाहन्छौं ।’ कोशी प्रदेशमा सहमतीय सरकारको विकल्प नरहेको भन्दै उनले राप्रपालाई पनि सहमतीय सरकारमा आउन आह्वान गर्ने बताए ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved