मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

  • कार्तिक २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।

सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले आगामी सात दिनसम्मका लागि होटल, कटेज र होमस्टेहरु बुकिङ भइसकेका छन् । दैनिक करिब दुई हजार जना आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका अध्यक्ष रुद्र घिमिरेले बताए ।

‘नेपालका विभिन्न स्थानका पर्यटकसँगै भारतको गुहाटी, आसाम, सिलिगुढी लगायतका स्थानबाट आगामी सात दिनसम्मका लागि होटल, कटेजहरु बुकिङ भइसकेका छन्’ घिमिरेले भने, ‘कोभिड अगाडिकै लयमा पर्यटकको आवागमन सुरु भएको छ ।’

धेरैजसो विद्यालय र अन्य क्षेत्रको पनि दसैं–तिहार विदा भएकाले यो बीचमा अन्तु आउने पर्यटकको संख्या उल्लेख्य छ । सूर्योदयको दृश्यावलोकनका लागि बनाइएको भ्युटावर, त्यहाँको पटाङ्गीनी र त्यहाँको सौन्दर्यकरणले पनि पर्यटकलाई अन्तुले तानेको छ ।

सूर्योदयको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सयर, चिसो मौसमले पनि यो वर्ष पर्यटकलाई बढी तानेको पर्यटन व्यवसायीको भनाइ छ ।

सूर्योदय नगरपालिकाको फिक्कलस्थित छिविटारबाट १४ किलोमिटर पक्की सडक पार गरेर पुग्न सकिने अन्तुमा करिब एक सयभन्दा बढी होमस्टे, होटल र कटेज सञ्चालनमा रहेका छन् ।

अन्तुमा दैनिक करिब १५ लाख रुपियाँको कारोबार हुने गरेको व्यवसायीको भनाइ छ ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved