चियाबारी भित्र चेस प्रतियोगिता

  • कार्तिक २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारीमा हुने भएको छ ।

कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको अध्यक्षको भनाई छ ।

इलाम चियाबाट परिचित भएको र मौसम पनि खुल्ला भएको समयका कारण चियाबारीमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रायोजकको रूपमा स्व. सन्तोष अधिकारीको परिवार रहने मोहन अधिकारीले बताएका छन् । कति प्रायोजन गर्ने भन्ने पारिवारिक छलफल हुन बाँकी नै रहेको भन्दै प्रतियोगिता खेलाउनका लागि अधिकारी परिवारलेनै चासो देखाएका कारण प्रतियोगिता इलाममा आयोजना भएको अध्यक्ष राईले बताए ।

महिला, खुल्ला, अण्डर १५, भेट्रान, इलाम च्याम्पियन लगायतका च्याम्पियन छनौट गरिने छ ।

बच्चाहरुको लागि समेत छुट्टै प्रतियोगिता सञ्चालन हुने छ । बाहिरबाट आएका खेलाडीलाई बस्नको ब्यवस्था गरिएको छ । पुरस्कारका लागि दुईलाख २० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता छ वटा राउण्डमा सञ्चालन हुने छ ।

स्वीस लिग अनुसार प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

नेपाल चेस फेडेरेसन, कोशी प्रदेश चेस एसोसिएसन, जिल्ला चेस एसोसिएसन इलामको आयोजनाका प्रतियोगिता हुने भएको हो ।

सन्तोष अधिकारी इलाममा चेसको हस्ति भएको र नाम जोगाई राख्न पनि उनको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागेको बताइएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved