नमुना श्रुतिमार्ग र निराजनमा टोल सुरक्षा समिति गठन

  • कार्तिक २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समाजमा चोरी, झै–झगडा, साना घरेलु हतियारको प्रयोग, लैंगिक तथा जातीय हिंसा यौन दुव्र्यवहार लगायत समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न टोल टोलमा सुरक्षा समिती गठनको अभियानलाई तिब्रता दिएको छ ।

युवा पुस्ता लागूपदार्थ दुव्र्यसन जस्ता कुलतमा फस्दै गईरहेको अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तरर्गतको स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा लागू पदार्थ दुव्र्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण तथा न्यूनिकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्नका लागि टोलमा सुरक्षा समिति गठनको अभियानलाई तिव्रता दिएको हो ।

गाउँ र नगर, टोल–टोलमा प्रहरी भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत टोल विकास संस्था स्तरमा टोल सुरक्षा समितिहरु गठन गरिएको छ ।

टोल–टोलमा समुदाय भेला गरि टोल सुरक्षा समिति गठन गरिदै आएको धरान १५ वसपार्क प्रहरी पोष्ट इन्चार्ज प्रहरी सहायक निरिक्षक नन्दलाल चौधरीले जानकारी गराए ।

धरान १५ स्थित नमुना श्रुतिमार्ग टोल विकास संस्थाको आयोजनामा कार्तिक २० गते सम्पन्न भेलाले प्रेमकुमारी राईको अध्यक्षतामा १९ सदस्यीय नमुना श्रुतिमार्ग टोल सुरक्षा समितिको गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बिनोद खवास, सचिवमा दीपक राई, सहसचिवमा विष्णु श्रेष्ठ, कोषाध्यक्षमा उर्मिला लिम्बू रहेका छन् ।

सदस्यहरुमा बिनु लिम्बू, टिकाराम ठटाल, लक्ष्मी वि.क, भीमप्रकाश वि.क, विष्णुमाया राई, लक्ष्मी वि.क., बसन्त पालुङवा राई, छन्जुना बुढाथोकी, शम्भु राई, विद्या देवान, बिनिता वि.क., ईन्द्र कुमारी राई, उषा परियार, आनन्दी राई र बिमला राई रहेका छन् ।

नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राईको अध्यक्षतामा १५ नं. वडास्तरीय सुरक्षा समितिका अध्यक्ष रमेश गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न भएक्को भेलामा उद्योग वाणिज्य संघ सुनसरीका पूर्व अध्यक्ष गिरीधारी सापकोटा,

वडा सुरक्षा समितिका उपाध्यक्ष सुवास खवास, बमधारा ानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष टेक बहादृर लिम्बू, वसपार्क प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक नन्दलाल चौधरी, सुनौलो महिला विकास समाजकी अध्यक्ष दिलकुमारी राई, निराजन वस्ती कल्याण समिानका सचिव लोकराज निरौला लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्तिक २० गते नै धरान १५ निराजन टोल विकास संस्थाको भेलाले भिम बहादर लिम्बूको अध्यक्षतामा १३ सदस्यीय निराजन टोल सुरक्षा समितिको गठन गरेको छ ।
समितिको उपाध्यमा नर बहादुर लिङ्थेप, सचिवमा रेवत श्रेष्ठ, सहसचिवमा धनमाया वि.क., कोषाध्यक्षमा लक्ष्मी कार्की रहेका छन् ।

सदस्यहरुमा एरिस लिम्बू, कमल वि.क., बल बहादुर वि.क., अन्जना राई, श्याम प्रसाद भट्टराई, अमित सुब्बा, सनिता लिम्बू, पर्शुराम थापा रहेका छन् ।

निराजन टोल विकास संस्थाका अध्यक्ष कैलास राईको अध्यक्षतामा वडा सुरक्षा समितिका अध्यक्ष गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रसनि नन्दलाल चौधरी, सुवास खवास, शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्नकुमार नेम्बाङ अतिथि रहेका थिए ।

पहिलो चरणको भेला कार्यक्रमको सन्चालन नमुना श्रुतिमार्ग टोल विकास संस्थाका सचिव राजेन्द्र दर्नालले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम सन्चालन निराजन वस्ती कल्याण समाजका सचिव लोकराज निरौलाले गरेको थिए ।

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved