छठ पर्व संरक्षणका लागि स्थानीय सरकारको चासो

  • मंसिर ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ छठ पर्व समावेशी पर्वको रुपमा विकास हुदै गएको छ । उदाउँदो र अस्ताउदो सूर्यलाई अर्घ दिई मनाउने यो पर्व अन्य पर्वजस्तै साझा पर्वको रुपमा विकास हुदै गएको हो ।

मधेशी समुदायले धुमधामसँग मनाउने यो पर्व सबैले आत्मसात गरेर सबै समुदाय एकै ठाउँमा बसेर मनाएको दृश्यले मधेशी समुदायसँगै यो पर्व पहाडे समुदायले समेत आफ्नै पर्वको रुपमा ग्रहण गरेर धुमधामसँग मनाउन शुरु गरेका हुन् । यसको संरक्षण र संवद्र्धनका लागि स्थानीय सरकारले समेत चासो दिएको छ ।

छैठ पर्व साझा पर्व बन्दै गएपछि स्थानीय सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको छ ।

सेउती खोलामा रहेको काठको पूल पक्की बनेको छ । पछिल्लो समय धरान ४ र १५ को दोसाधमा रहेको सेउती खोलामा बर्षेनी हुने छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय सरकारले सो स्थानमा छैठी माताको मन्दिर समेत स्थापना गर्ने तयारीमा जुटेको छ ।

टोल विकास समिति, छैठ पर्व व्यवस्थापन समिति तथा धरान उपमहानगरपालिका वडा नं. १५ को संयुक्त पहलमा सेउती खोला नजिकै जग्गाको समेत पहिचान गरिसकेको छ । आगामी बर्ष छैठ पर्व मनाउन आउनेहरुले छैठीमाताको समेत पूजाआजा गर्न पाउने व्यवस्था गरिने धरान १५ का वडाध्यक्ष नरेश इवारम बताउँछन् ।

आदिवासी जनजातिको सहर धरानमा मिश्रित जातिको बसोबास रहेको छ । छैठ पर्व धरानको सर्दुखोला र सेउती खोलामा १४ बर्ष अगाडिदेखि निरन्तर आयोजना हुदै आएको छ ।

पहिला मधेशी समुदायले मात्र मनाउदै आएको यो पर्व अहिले धरानमा सबै जातजातिका सर्वसाधारणले मनाउन थालिएपछि यो पर्व समावेशी पर्वको रुपमा विकास भएको छठ पूजा व्यवस्थापन समितिका सदस्य सीताराम आचार्यले बताए ।

सद्भावको पर्व बन्दैगएको छैठ पर्वलाई व्यापकता दिन स्थानीय सरकार, छठ पूजा व्यवस्थापन समिति, धरानका सबै जातजाति, धर्म सँस्कृति मान्नेहरुले छठ पूजामा सहभागिता जनाउदै आएका छन् । यसलाई मध्यनजर गरी यसलाई व्यवस्थापन गर्न स्थानीय सरकारले थप कदम चाल्दै आएको हो ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved