धरान उच्चमा नयाँ विद्यार्थीलाई स्वागत

  • असोज १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् ।

हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार स्वागत कार्यक्रम आयोजना गरेको हो ।

कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ कि छात्रा सन्ध्या राईले स्वागत गरेका थिए ।

कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन ।

कार्यक्रममा अध्यक्ष साह र प्रिन्सिपल अधिकारीले विद्यार्थीहरुलाई उच्च अध्ययनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शुक्रवार व्यवस्थापन संकायको स्वागत कार्यक्रम भएको थियो भने शनिवार विज्ञान संकायको स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved