मेयर कोइरालाद्वारा सामुदायिक विद्यालयको अनुगमन

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गर्नुभएको छ ।

आज मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मा.वि. र विराटनगर–९ स्थित सरस्वती मा.वि.को अनुगमन गर्नुभयो । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुग्नु भएका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।

उहाँले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्था लगायतका विषयमा जानकारी लिनु भएको थियो । विद्यालयस्तर देखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिए मात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उहाँले बताउनुभयो ।

मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभयो । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरुसित अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाउनुभएको थियो ।

अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गर्नुभएको थियो । विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ । मेयर कोइरालाले विद्यालयको अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved