सहकार्य गरेर विकासको काममा लाग्नसके विराटनगर भावीपुस्ताले गर्व गर्ने बनाउन सकिन्छ । ः मेयर कोईराला

  • असार २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको समेत उतिकै रहने बताएका छन ।

विराटनगर स्थित सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले हरेक महानगरवासीहरुको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्ने लायक बनाउन सकिने बताए ।

उनले सबैको सामूहिक प्रयास र प्रयत्नबाट विराटनगरलाई सफा,सुन्दर, उज्यालो र व्यवस्थित साथै विकसित शहर बनाउन सकिने अभिव्यत्ती राखेका छन ।“आफ्नो घर अगाडिको फोहोर मैलालाई व्यवस्थीत गर्ने, समयमा नै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,यस्ता कार्यमा नागरिकले समेत धयान दिन सके विकासका कामा अगि बढन सकिने र “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो ।

म अहिले मेयर छु । तर म पनि यहींको बासिन्दा  र नागरिक हुँ । ” विराटनगर बनाउन महानगरवासीहरुले आ–आफ्नो ठाउँबाट जागरुक हुनु जरुरी रहेको उल्लेख समेत गरेका छन । पसल र घर अगाडि   प्रत्यकले  दुईवटा गमला राख्नेने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उनको भनाइ थियो ।

महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको बताए । उनले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृदय हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने समेत बताएका छन ।

कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्के लगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रहगरेका छन । सन्सारीमाई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहल गायतका कार्यमा प्रयोग गरिने छ ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved