भगवती आधारभूत विद्यालय परिषरभित्र वृक्षरोपण

  • असार २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरानकै पुरानो समुदायिक विद्यालय धरान १६ को भगवती आधारभूत विद्यालयमा वातावरण मैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय प्रांगरणभित्र वृक्षरोपण शुरु गरिएको छ ।

यो विद्यालय २०१० सालमा स्थापना भएका हो । धरानकै पुराने विद्यालय भगवानी आधारभूत विद्यालय कक्षा ८ सम्म पढाई हुन्छ ।

नीजि विद्यालयतर्फ अभिभावक तथा विद्यार्थी आकर्षित भएका कारण यो विद्यालयमा न्यून विद्यार्थी संख्या रहेको छ ।

यो विद्यालयमा १ सय ५० हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न धेरै प्रयास गरिरहेको बेला वातावरणमैत्री विद्यालयको अवधारणा अनुरुप विद्यालय वरिपरि वृक्षरोपण शुरु गरेको छ 

विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले विगतमा फूलबारी बगैचा निर्माण गरेको सो विद्यालयमा अहिले विष्णुपादुका सेक्टर बनबाट प्राप्त २० वटा धुपीका विरुवाहरु रोपेका बताए ।

उनले वातावरणमैत्री बनाउने उद्देश्यले शुरु गरिएको वृक्षारोपण कार्यक्रमलाई निरन्तता दिने बताए ।

यो विद्यालयमा गरिब तथा सुकुम्वासी क्षेत्रका बालबालिका अध्ययन गर्छन् । भौतिक संरचना पुरानो भएकाले यसको समेध सुधार गर्ने लक्ष्य विद्यालयले गरेको छ ।

विद्यालयको भौतिक संरचना संरक्षण गर्न कठिन भएको अवस्थामा विद्यालयलााई वातावरणमैत्री बनाउन वृक्षरोपण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य सुनिल नेपालले बताए ।

विद्यालयको २ बिगाहा २ कठ्ठा साढे ५ धुर जग्गा रहेको छ ।

शैक्षिक गुणस्तरसँगै वातावरणमैत्री कक्षा सञ्चालन गर्ने उद्देश्यले पनि वृक्षारोपण गरिएको विद्यालयले जनाएको छ ।

यो विद्यालयमा ९ जना दरबन्दी शिक्षक र २ जना निजी स्रोतबाट कर्मचारी १ जना गरी जम्मा १३ जना जन शक्ति रहेको छ ।

विद्यालयहरु स्थानीय सरकार मातहतमा आइसक्दा पनि पुरानो विद्यालय भगवतीको शैक्षिक गुणस्तरसहित, भौतिक संरचनाको पुन निर्माण हुन सकेको छैन ।

संरक्षणको पर्खाइमा रहेको यो विद्यालयको शैक्षिक गुणस्तर उकास्दै भौतिक संरचना निर्माणमा पनि जोड दिनुपर्ने अवस्था रहेको छ ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved