धरान / होटल म्यानेजमेन्ट र म्यानेजमेन्टको अध्यापनमा सफल रहेको युएन कलेजले विद्यार्थीहरुलाइ रोजगारमुखी बनाउदै ब्यवहारीक शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ। कलेजले “पढ्दै कमाउदै शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरूलाई व्यवहारिक,रोजगारमुखि र आत्मनिर्भर बनाउने शिक्षा प्रदान गर्ने उदेश्य अनुसार “यू.एन.बेकरी एण्ड क्याफे संचालन गर्ने भएको छ ।
टिचिङ होटल स्कुलको अवधारणा अन्तर्गत यू.एन. नवोदय वेकरी एण्ड क्याफे संचालन गरी कलेजकै ब्रान्डमा अवदेखि केक उत्पादन र बिक्री वितरण गर्ने भएको छ ।
त्यसै गरि धरानेको कोशेलीका रूपमा धरानको विशेष मिठाई समेत उत्पादन गर्ने लक्ष्य लिएको आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्लस र मिक्सोलोजी, कक्टेल, मक्टेल र प्यास्ट्रीको तालिम प्रदान गर्नुका साथै रोजगारी पनि प्रदान गरिने जनाएको छ ।
त्यस्तै स्थानीयहरूलाई पनि मासिक र त्रैमासिक रूपमा विभिन्न बारिस्टा, बेकरी, पास्ट्रीको तालिम प्रदान गरिने जनाएको छ। ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर धरान तथा अन्य ठाउँहरूम केक लगायत अन्य उत्पादनहरू लाई घरघरमा डेलिभरि समेत गर्ने भएको छ