३ सय १९ जनाको निःशुल्क स्वास्थ्य जाँच

  • फागुन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ ।
महानगरले आइतबारदेखि वडा नम्बर १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर सुरु गरेको हो ।

स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । शिविरको उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए ।

उपमेयर शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताइन् ।
प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले स्वास्थ्य शिविरबाट रोग लागे नलागेको पहिचान हुने बताएका थिए ।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, ईसीजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीहरूको खोजलगायतका सेवाहरू प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, कोशी अस्पताल र नाटाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा शिविरमा ३ सय १९ जनाले सेवा लिएका थिए । सेवा लिनेमध्ये ९८ जना पुरुष र २ सय २१ जना महिलाले स्वास्थ्य सेवा लिएको शिविरका फोकल पर्सनसमेत रहेका स्वास्थ्य अधिकृत भोलानाथ तिम्सिनाले बताए ।

शिविरमा सबैभन्दा बढी छाला तथा स्त्रीरोगको समस्या भएका बिरामी आएको अलीले उल्लेख गरे । उनका अनुसार स्वास्थ्य समस्या देखिएकाहरूको कोशी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । त्यस्तै आइतबार नै महानगरले वडा नम्बर ६ मा सुनौला हजार दिनका आमाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी परिवार नियोजनको कार्यालयमा स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्डको बारेमा वडाध्यक्षहरूसहित १९ वटै वडा स्वास्थ्य संस्थाका प्रमुखहरूका लागिसमेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको अलीले जानकारी दिए ।

महानगरकै आयोजनामा परिवार नियोजनमै स्वास्थ्यकर्मीहरूलाई बहुक्षेत्रीय पोषणका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार विराटनगर–१७ को आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved