पुरानो सडक ढलान सम्पन्न

  • फागुन १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा धरान १३ अमरहाटको भित्री सडक ढलान सम्पन्न भएसँगै आइतबार उद्घाटन गरिएको छ ।

सडकको उद्घाटन धरान उपमहानगरपालका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले एक कार्यक्रमबीच गरेका छन् । यो बाटो ५० बर्ष अगाडिको भएपनि महासंघको पहलमा तत्कालीन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पालामा प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट छुट्याए पनि निर्माण भने ढिलो गरि निर्माण सम्पन्ना भएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको भवन जाने बाटो समेत पर्ने सडकको कुल लागत ९ लाख, ८३ हजार, १ रहेको छ । निर्माण सम्पन्न भएको ढलान गरकेो सो सडकको लम्बाई २२ मिटर, चौडा ४ दशमलव ५ मिटर छ ।लामो समयपछि घर अगाडि नै ढलानबाटो बनेपछि स्थानीयहरुले खुशी व्यक्त गरेका थिए ।

बर्षादको समयमा डुबानको समस्या भोग्दै आएका स्थानीय कमलबहादुर मेवाहाङले सडक नबन्दा विगतमा धेरै सास्ती भोगेको बताए । बर्षादको समयमा डे«नसमेत नहुँदा घर आगन नै डुबान भएपछि वडा कार्यालाई गुहार गरेर डे«ेन निर्माण गरेको बताउदै अहिले सडक नै ढलान भइसकेको बताउदै सडक निर्माण सम्पन्न भइसकेपछि सुविधा भएको बताए ।

धरानका सबै सडक कालोपत्र भएको अवस्थामा पुरानो सडक भने बन्न सकेको थिएन । नेपाल पत्रकार महासंघको पहलमा तत्कालीन मुख्यमन्त्री राईका राजनीतिक सल्लाहकार राजन राईको पहलमा सो सडक निर्माणको लागि बजेट पारित भएको थियो । सडक निर्माणमा पहल गरेको भन्दै अमरसेवा समाजले उनलाई सम्मान समेत गरेको थियो ।

सो अवसरमा उनले भने ‘यो सडक निर्माणमा महासंघका पदाधिकारीले पहल गरेका थिए, त्यसबेला म र इन्जिनियर आएर हेरेका थियौै, हामीले सडक हेरिसकेपछि सडक निर्माणका लागि मन्त्रालयलाई पहल गरेपछि निर्माणका लागि बजेट छुटिएको हो ।’धरान नगरपञ्चायत हुँदादेखि नै निर्माण गर्न पहल गरेको सो सडक निर्माण हुन नसकेको अहिले आएर निर्माण सम्पन्न भएकोमा नगरपञ्चायतका तत्कालीलन प्रधानपञ्च एवम् स्थानीय बम देवानले खुशी व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे तथा वर्तमान अध्यक्ष जनकऋषि राईले विकास निर्माणमा सञ्चारकर्मीले आफूले बजेट दिन नसके पनि सम्बन्धित निकायसँग पहल गर्न सक्ने बताउदै विकास निर्माणमा स्थानीयबासिन्दा र सञ्चारकर्मीहरु सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

अमरसेवा समाजका अध्यक्ष भूमिराज लिम्बुले महासंघको पहलमा प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएको सो सडकबाट स्थानीयहरुलाई सुविधा मिलेको बताउँदै आगामी दिनमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अथिति एवम् धरान १३ का वडाध्यक्ष नेत्र काफ्लले यस क्षेत्रको विकासमा सञ्चारकर्मी, स्थानीय सरकार र स्थानीयबासी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने–‘विगतमा पत्रकार महासंघको कार्यालय धरान १३ मा ल्याउन धेरै पहल गरेका थियौ, यो भवन अफिसर्स क्लबको कार्यालय हो, अस्थायी प्रहरीलाई हटाएर पत्रकार महासंघलाई दिन धेरै पहल गरेका थियौं, महासंघको कार्यालय यहाँ आउँदा यो टोलको विकास हुन्छ, यहाँ चहलपहल हुन्छ भन्ने स्थानीयहरुले सोचेका, बुझेका थिए, यस्ता विकासका कार्यमा सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ, सहकार्यलाई अझै बढाउदै लानुपर्छ ।’

धरान नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा धरान १३ अमरहाटको भित्री सडक ढलान सम्पन्न भएसँगै आइतबार उद्घाटन गरिएको छ ।

सडकको उद्घाटन धरान उपमहानगरपालका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले एक कार्यक्रमबीच गरेका छन् । यो बाटो ५० बर्ष अगाडिको भएपनि महासंघको पहलमा तत्कालीन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पालामा प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट छुट्याए पनि निर्माण भने ढिलो गरि निर्माण सम्पन्ना भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको भवन जाने बाटो समेत पर्ने सडकको कुल लागत ९ लाख, ८३ हजार, १ रहेको छ । निर्माण सम्पन्न भएको ढलान गरकेो सो सडकको लम्बाई २२ मिटर, चौडा ४ दशमलव ५ मिटर छ ।

लामो समयपछि घर अगाडि नै ढलानबाटो बनेपछि स्थानीयहरुले खुशी व्यक्त गरेका थिए । बर्षादको समयमा डुबानको समस्या भोग्दै आएका स्थानीय कमलबहादुर मेवाहाङले सडक नबन्दा विगतमा धेरै सास्ती भोगेको बताए । बर्षादको समयमा डे«नसमेत नहुँदा घर आगन नै डुबान भएपछि वडा कार्यालाई गुहार गरेर डे«ेन निर्माण गरेको बताउदै अहिले सडक नै ढलान भइसकेको बताउदै सडक निर्माण सम्पन्न भइसकेपछि सुविधा भएको बताए ।

धरानका सबै सडक कालोपत्र भएको अवस्थामा पुरानो सडक भने बन्न सकेको थिएन । नेपाल पत्रकार महासंघको पहलमा तत्कालीन मुख्यमन्त्री राईका राजनीतिक सल्लाहकार राजन राईको पहलमा सो सडक निर्माणको लागि बजेट पारित भएको थियो । सडक निर्माणमा पहल गरेको भन्दै अमरसेवा समाजले उनलाई सम्मान समेत गरेको थियो । सो अवसरमा उनले भने–‘यो सडक निर्माणमा महासंघका पदाधिकारीले पहल गरेका थिए, त्यसबेला म र इन्जिनियर आएर हेरेका थियौै, हामीले सडक हेरिसकेपछि सडक निर्माणका लागि मन्त्रालयलाई पहल गरेपछि निर्माणका लागि बजेट छुटिएको हो ।’

धरान नगरपञ्चायत हुँदादेखि नै निर्माण गर्न पहल गरेको सो सडक निर्माण हुन नसकेको अहिले आएर निर्माण सम्पन्न भएकोमा नगरपञ्चायतका तत्कालीलन प्रधानपञ्च एवम् स्थानीय बम देवानले खुशी व्यक्त गरेका थिए ।सो अवसरमा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे तथा वर्तमान अध्यक्ष जनकऋषि राईले विकास निर्माणमा सञ्चारकर्मीले आफूले बजेट दिन नसके पनि सम्बन्धित निकायसँग पहल गर्न सक्ने बताउदै विकास निर्माणमा स्थानीयबासिन्दा र सञ्चारकर्मीहरु सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

अमरसेवा समाजका अध्यक्ष भूमिराज लिम्बुले महासंघको पहलमा प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएको सो सडकबाट स्थानीयहरुलाई सुविधा मिलेको बताउँदै आगामी दिनमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।कार्यक्रममा प्रमुख अथिति एवम् धरान १३ का वडाध्यक्ष नेत्र काफ्लले यस क्षेत्रको विकासमा सञ्चारकर्मी, स्थानीय सरकार र स्थानीयबासी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने ‘विगतमा पत्रकार महासंघको कार्यालय धरान १३ मा ल्याउन धेरै पहल गरेका थियौ, यो भवन अफिसर्स क्लबको कार्यालय हो, अस्थायी प्रहरीलाई हटाएर पत्रकार महासंघलाई दिन धेरै पहल गरेका थियौं, महासंघको कार्यालय यहाँ आउँदा यो टोलको विकास हुन्छ, यहाँ चहलपहल हुन्छ भन्ने स्थानीयहरुले सोचेका, बुझेका थिए, यस्ता विकासका कार्यमा सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ, सहकार्यलाई अझै बढाउदै लानुपर्छ ।’

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved