मेहेर कलेक्सनले अल्फाविटा अन्तर कलेज बास्केटवल प्राविधिकलाई जर्सी

  • फागुन १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान ९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन ।

मेहेर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ साल देखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ ।

धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा प्रदेश १ बाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रंगशालाको कवर्डहलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि विजेता र हाइस्कोररले ट्रफी र प्रमाणपत्र सहित नगद पुरस्कार र उदयीमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडी प्रकाश पौडेलले प्रायोजना गरेका हुन् ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved