रिजर्व ट्याङ्कीको शिलान्यास

  • माघ २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर/  तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने योजना लिएर धरान १५ सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माणको शनिबार शिलान्यास गरिएको छ ।
४६ लाख लागत अनुमान गरिएको सो ट्याङ्की निर्माणका लागि हर्क साम्पाङ सपोर्ट कमिटी युकेले ३० लाख २३ हजार ६ सय २४ रुपैया सहयोग गर्ने भएको छ ।

ट्याङ्कीको शिलान्यास धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सह संयोजक प्रेम लिम्बुले संयुक्त रुपमा गरेका छन् ।

भालुखोलाको पानी सञ्चित गर्ने उद्देश्यले गोर्खा वेल्फेयर ट्रष्टको प्राविधिक सहयोगमा ७५ हजार लिटरको ट्याङ्की रहने मेयर साम्पाङले बताए । अपुग रकम श्रमदान तथा निर्माण सामग्रीको सहयोग हुने अपेक्षा गरिएको वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बुले जानकारी दिए ।

मेयर साम्पाङले भने–‘सुख्खा मौसममा धरानमा पानीको धेरै अभाव हुन्छ यसलाई मध्यनजर गरी नगरपालकाले रिजर्ब ट्याङ्की निर्माण गर्न लागेको हो ।’ उनले यो सँगै पकुवा खोला, आपगाछी खर्दुमा पनि काम भइरहेको जानकारी दिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved