‘समाजसेवा गर्ने संस्थाले राजनीति गर्नु हुँदैन’

  • माघ २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकी छन् ।
मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्ने क्रममा रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुने बताएकी हुन् ।

मन्त्री चौधरीले रेडक्रसको केन्द्रीय कार्यालयमा अहिले गञ्जागोल भएको बताउँदै विशुद्ध सामाजिक संस्थामा लागेको यो संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन् । उनले सामाजिक कार्यका लागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउँदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने बताइन् ।

उनले आपत्तविपत्त आउँदा काम लाग्ने संस्था रेडक्रस भएकोले यो संस्था ट्रयाकमा आउनुपर्ने र ट्रयाकमा आउँदा यसले गर्ने काम प्रभावकारी हुने स्पष्ट पारिन् । उनले जोखिममा पर्ने, द्वन्द्वमा पर्ने, बाढीपिडितमा पर्ने जोकोहीको उद्धार गर्दै आएको र यस्ता समयमा गर्ने कामलाई अझ प्रभावकारी बनाउँदै जानुपर्नेमा जोड दिइन् ।

उनले रेडक्रसमा भएको अस्तव्यस्तालाई हटाउने प्रयासमा हर तरहले नेपाल सरकार लागेको बताइन् ।

यस्तै नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले सुनसरी शाखाले विपत्तका समयामा धेरै काम गरेको दाबी गरे । उनले कोरोना संक्रमणका समयमा, सुनसरीमा बाढीबाट डुबान भएको समयमा तथा चरम रगतको अभाव भएको समयमा रक्तदान गरेर रगत संकलन गरेर बिरामीको सेवा गरेको दाबी गरे ।

उनले अहिले नेपाल रेडक्रस सोसाइटीको केन्द्रमा कालो बाँदल मडारिएको अवस्था भएको बताउँदै यसले सहज रुपमा निकास पाउनेमा विश्वास व्यक्त गरे । उनले कुन रेडक्रस सोसाइटी वैधानिक हो भनेर तीन तीनवटा मुद्दा परेको बताउँदै नेपाल सरकारले समेत यसको सहजताका लागि एउटा समिति बनाएर विभिन्न गतिविधि गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय चासो रहेको रेडक्रसमा चाडो समस्या समाधान हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा शाखा सुनसरीका उपाध्यक्ष मुकुल कायस्थले संस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । ४८ वर्ष अघि संस्थापक सभापति सरला कायस्थको पहलमा १५ सदस्यीय कार्य समितिबाट संस्था सुरुवात भएको थियो । अहिले यो जिल्लामा २२ वटा उपसमिति रहेका छन् ।

आजीवन तथा एसोएिसट सदस्य गरी ७ हजार ६ सय भन्दा बढी सदस्य रहेका छन् । यो वर्ष रेडक्रस सोसाइटीले विपतमा परेका १ सय ९३ जनालाई राहतको सामग्री वितरण गरेको, विगतको बर्षको तुलनामा यस वर्ष विपतका घटना कम भएको बताउँदै कायस्थले सुनसरीमा रेडक्रसले रक्तसञ्चार सेवा सञ्चालन गरेर मानवीय सेवामा समर्पित भएको जानकारी गराएका थिए ।

यो वर्ष १ सय ६५ संस्थाबाट १३ हजार ३ यस भन्दा बढी रगत संकलन भएको, यसको प्रभावकारितालाई बढाउन प्रदेश सरकारले केही रकम सहयोग गरेको सो अवसरमा बताएका थिए ।
रेडक्रस सुनसरीले सर्वसाधारणको सुविधाको लागि २ वटा एम्बुलेन्स सञ्चालन गरेको, उपशाखाहरुले पनि एम्बुलेन्ससहित शव बाहन समेत सञ्चालन गर्दै आएको जानकारी दिए ।

सो अवसरमा रेडक्रसका संस्थापक सदस्य सरला कायस्थको शालिक निर्माणका लागि मन्त्री चौधरीले शिलान्यास गरेकी थिइन् भने भने रेडक्रसमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउनेलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभाहलमा सम्पन्न ४८ औ जिल्ला सभामा प्रदेश १ का सांसद रमेशकुमार बस्नेत, रामप्रसाद मेहता, रोहितबहादुर कार्की, यशोदा कायस्थ, ममता योन्जन, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द विक्रम बेघा, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी जिल्लाका प्रहरी प्रमुख, रेडक्रसका पूर्व सभापति लगायतको उपस्थिति रहेको थियो ।

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपालमा नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । त्यसयता रेडक्रसले सामाजिक कार्यलाई निरन्तता दिँदै आएको छ ।

नरसिंह मन्दिर जग्गा ...

धरान/ नरसिंह भगवान मन्दिरको जग्गा धरान ६ स्थित पानबारीक ...

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved