प्रेसिडन्ट रनिङ कपको उपाधी मोरङको जुपिटरलाई

  • फागुन १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / प्याब्सन प्रेसिडन्ट रनिङ कप फुटबलको उपाधी मोरङको जुपिटर इंगलिस बोर्डिङ स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को आयोजनामा इटहरीमा शनिबार सम्पन्न फाइनलमा जुपिटरले सुनसरीको महेन्द्र मेमोरियल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

जुपिटरलाई उपाधी जिताउन शिव राईले निर्णायक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच जुपिटरका दिपेश चौधरी भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जुपिटरकै शिव राई घोषित भए । महेन्द्र मेमोरियलका आशिस भगत हाईस्कोरर भए । बिजेता जुपिटरले नगद २१ हजार सहित रनिङ ट्रफी हात पारेको छ । उपविजेता महेन्द्रले नगद ११ हजार रुपैयामा चिक्त बुझाएको छ ।

प्याब्सन प्रसिडेन्ट रनिङकप अन्तर्गत छात्र भलिबलको उपाधी झापाको कञ्चनजंगा इंगलिस स्कुलले जितेको छ । इटहरी रंगशाला स्थित भलिबल कोर्टमा शनिबार नै सम्पन्न फाइनल खेलमा सुनसरीको पूर्वाञ्चल बोर्डिङ स्कुललाई पराजित गर्दै कञ्चनजंगाले उपाधी जितेको हो ।

प्रतियोगितामा सुनसरीकै महेन्द्र मेमोरियल स्कुल तेस्रो हु“दा मोरङको सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुलले सान्तवना स्थान हासिल गरेको छ । प्रतियोगितामा कञ्चनजंगा स्कुलका प्रवेश काम्माङ बेस्ट स्पाइकर, बिप्लव रसायली बेस्ट ब्लकर घोषित भए । पूर्वाञ्चल सुनसरीका भेनष राई बेस्ट डिफेन्स, आशिष राई बेस्ट सेटर र जीबन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

छात्रा भलिबलको उपाधी झापाकै सिद्धार्थ इंगलिस स्कुलले जितेको छ । सिद्धार्थले सुनसरीको पूर्वाञ्चल बोर्डिङ स्कुललाई पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतियोगितामा मोरङको ब्राइट फ्युचर स्कुल तेस्रो हुदा सुनसरीको महेन्द्र मेमोरियल स्कुलले सान्तवना स्थान हासिल गरेको छ । प्रतियोगितको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुल झापाकी प्राची गौतम भइन ।

प्रशन्ना बोहरा बेस्ट स्पाइकर भएन । ब्राइट फ्युचरकी सोनिया बस्नेत बेस्ट ब्लकर, समिक्षा चौहान बेस्ट सेटर, पूर्वाञ्चलकी अभिषा मगर बेस्ट डिफेन्स घोषित भए । छात्र छात्रा भलिबलमा प्रथम हुने टिमले नगद ३१ ह्जार सहित रनिङ शिल्ड हात पारेको छ । दोस्रो हुने टिमले २१ ह्जार र तेस्रो हुने टिमले ११ हजार पुरस्कार पाएको छ । दुइ दिनसम्म चलेको प्रेसिडेन्टकपमा प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदयपुरमा भएका जिल्ला स्तरीय खेलकुदमा छनोट भएका टिमको सहभागिता रहेको थियो ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved