२८ औँ जन आन्दोलन दिवस मनाइयो दिवसमा सहिद परिवारलाई सम्मान

  • फाल्गुन २, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / फागुन १ गते नेकपा माओवादी केन्द्रले देशैभरि २८ औँ जन आन्दोलन दिवस मनाएको छ । माओवादी केन्द्रले २०५२ फागुन १ गतेबाट गरेको जनयुद्धको सम्झनामा यो दिवस मनाएको हो । सरकारले जनआन्दोलन दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ ।

यसै क्रममा धरानमा समेत माओवादी केन्द्र धरान नगर कमिटीको आयोजनामा जनआन्दोलन दिवस मनाइएको छ । सहिदहरुलाई सम्मान गर्दै रक्तदान कार्यक्रमको आयोजना धरानको भानुचौकमा गरेको हो ।

सो अवसरमा आन्दोलनकै क्रममा २०५९ मंसिरमा राज्यतर्फबाट गिराफ्तार गरी वेपत्ता बनाइएका सुनसरीको धरान उपमहानगरपालिका २० का रणबहादुर शमशेर राई, आन्दोलनकै क्रममा सुनसरीको झुम्कामा २०५९ भाद्र २६ गते सुनसरीको झुम्कामा आन्दोलनकै क्रममा सहदात प्राप्त गरेका पर्वतराज कोइराला, ताप्लेजुङ जिल्लाको फक्तालुङ घर भएका र २०६१ सालमा सिराहाको मिर्चौयामा आन्दोलनकै क्रममा सहिद भएका मचिन्द्र लावुङ, २०६० साल कार्तिक १७ गतेधरानको तीनकुनेमा आन्दोलनकै क्रममा सहादत प्राप्त गरेका रामकुमार रामदान, २०६१ श्रावण १८ गते सहादत प्राप्त गरेका समसी राई लगायतका १२ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

सम्मानका समयमा बेपत्ता तथा सहिद परिवारका सदस्यहरु भावुक बनेका थिए । उनीहरु केही बोल्न चाहेका थिएनन् । उनीहरुले यतिमात्र भने सहिदको सपना पूरा होस्, उनीहरुले चाहेको जस्तो देशमा सम्मृद्धि आओस् । उनीहरुले आन्दोलनका बेला आफ्नो सन्तान तथा परिवार गुमाउनुपर्दाको पीडा अहिले पनि झल्झल्ति आँखामा आउने भएकोले यो घटना सम्झनै नचाहेको बताएका थिए । सो अवसरमा प्रदेश नं. १ का सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईले सहिद परिवारलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरेका थिए ।

सो अवसरम बोल्दै मन्त्री चापागाईले सहिदको बलिदानले यो देशमा संघीय गणतान्त्रिक मुलुक स्थापना भई संविधानसमेत जारी भएको बताउँदै यसलाई जोगाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘सहिदले दिएको बलिदानीकै कारण आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, निरकुंश राजतन्त्रको अन्त्य भई जनताको शासन पद्धति सञ्चालन भएको छ, यसलाई संरक्षण गर्न सबैको दायित्व हो ।’

यस्तै माओवादी केन्द्रका प्रदेश स्तरीय नेता मुक्साहाङ मेन्याङबोले सहिदहरुकै बलिदानका कारण आज १०४ वर्षीय निरकुंश राजतन्त्रको अन्त्य भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै यो उपलब्धि प्राप्त गर्न सहिदहरुले गरेको बलिदानलाई नसम्झिरहन नसक्ने बताएका थिए ।

उनले भने–‘आज हामी जुन शासन अनुसार राजनीति गर्दै छौं ।यो सबै सहिदहरुले दिएको योगदानको उपलब्धी हो, राज्यले पनि यस दिन सार्वजनिक विदा दिएर जनयुक्तको सार्थकतालाई सम्मान गरेको छ, अझै पनि देशमा सम्बृद्धि आउन धेरै चुनौतिहरु छन्, चुनौतिको सामना गरेर अगाडि बढ्नुपर्ने छ ।’

धरानको भानुचौकको लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा १ सय भन्दा बढी रगत संकलन भएको माओवादी केन्द्र धरान नगर कमिटीका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले जानकारी दिए ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved