निर्वाचन

    Showing 51-60 of 163 items.
  • मुख्यमन्त्रीले २९ गते विश्वासको मत लिँदै नामकरणलाई प्राथमिकतामा राख्न सुझाव

    मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । कार्की झापाको निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी झापाको गौरादहको स्थायी बासिन्दा समेत रहेका छन् । कार्की मुख्यमन्त्री बनेपछि गौरादहबासीले उनलाई आफ्नै स्थानका व्यक्ति मुख्य मन्त्री बनेपछि उनीहरुको अपेक्षा धेरै रहेको पाइएको छ । उनीहरुले मुख्यमन्त्री  कार्कीलाई सुझाव समेत दिएका छन् । नेकपा एमाले सं

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 501 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को सभामुखमा गौतम

    मोरङ / प्रदेश १ प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन् । गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए । माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए । गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री कार्कीले लिए सपथ मन्त्रीमण्डल समेत विस्तार

    मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सपथ लिएका छन् । उनीसँगै तीन जना विना विभागीय मन्त्रीले सपथ लिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि तीन जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरेका हुन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । मुख्यमन्त्रीमा नियुक्तिसँगै सपथ लिइसकेपछि कार्मीले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनलाई सच्चाएर लाने बताएका छन । उनले प्रदेशप

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 553 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा महिलाको ‘इन्ट्री’

    धरान \ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा पहिलो पटक महिला उमेद्वार विजयी बनेकी छन् ।मंसिर २३ शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षकी उमेद्वार कविता ढकालले ६ जना प्रतिष्पर्धीलाई उछिन्दै जित हात पारेकी हुन् । ढकालले ३६६ मत ल्याएर विजयी बनेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी किशोरप्रसाद पोख्रेलले ३१७ मत ल्याएका छन् । यस्तै अन्य अध्यक्षका प्रत्यासीहरुमा महेश्वर राईले १६३ , मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथाकीले ९८ , किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत ल्याएका छन् ।२०७२ सालको प्रतिष्ठानको सिनेट (सञ्चालक परिषद्) बाट तीनवटा संस्थालाई आधि

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 621 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको पहिलो कार्यकाल पाँच वर्षमा पूर्वाधारमा के–के भए काम ?

    विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान

    मोरङ / प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन बोलाएका हुन् । प्रदेश १ मन्त्रीपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ प्रमुखसमक्ष निर्वाचन आयोगले प्रतिवेदन बुझायो

    मोरङ / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचिन आआयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ समक्ष प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका हुन् । ऐन, २०७४ को दफा ६२ बमोजिम सनिवार प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन आयुक्त थपलियाले प्रदेश प्रमुख समक्ष निर्वाचनको परिणमसहितको प्रतिवेदन पेश गरेको जनाइएको छ्। निर्वाचन ऐनमा उल्लेख भएअनुसार परिणामसहितको प्रतिवेदन पेश गर्नुपर्ने भनिएको भए पनि निर्वाचन आयोगले यसलाई कर्तव्यको रुपमा बुझेर प

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समानुपातिकमा नाम परिवर्तन

    विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ । आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा जसपाका अशोक राईको अग्रता

    धरान/ मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. १ मो मत परिणाम थप रोचक बन्दै गइरहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यहाँ अहिले जसपाका उम्मेद्वार अशोक कुमार राईले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ८ सय १ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले १३ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन् । उनिहरु दुई बिच ४ मतको अन्तर रहेको छ । त्यसैगरी मओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज म्यानाङ्बोले ६हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान का २० वटै वडाको मतगणना सम्पन्न भइसकेको

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिनिधिसभामा घण्टीको ‘क्रेज’:मतदाताले उमेद्वार नै चिनेका छैनन्

    धरान/ स्थानीय निर्वाचनमा चुनाव चिन्ह ‘लौरो’ को क्रेज प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ‘घण्टी’ ले लिएको छ । काठमाण्डौका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङले ‘लौरो’ चुनावचिन्ह देशभरि नै चर्चामा थियो र यी दुवैले निर्वाचन जिते पनि । ठिक यस्तै छ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह । धेरैले उमेद्वारलाई चिनेकै छैनन् । पूर्व सञ्चारकर्मी रवि लामिछानेले असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि प्रतिनिधिसभाको चुनावमा होमिएको पार्टीले ‘घण्टी’ चुनाव चिन्ह लिएसँगै यो चुनाव चिन्हको क्रेज स्थानीय तहमा दुई पालिकाका

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 509 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved