मोरङ / प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन बोलाएका हुन् ।
प्रदेश १ मन्त्रीपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।