धरान / धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क
भोजपुर/ यस वर्षको पहिचान पुरस्कार भोजपुरको चखियामा तीनजना स्रस्टालाई प्रदान गरिएको छ । देशकै प्रतिष्ठित र ठूलो धनराशीको पुरस्कार यस वर्ष ‘श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ का लेखकद्व्य अर्जुन माबुहाङ, अमित थेवे र ‘गुरु’ उपन्यासकी लेखक कविता राईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा गीतकार भूपाल राईले सो पुरस्कार वितरण गरेका थिए । पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले फेटा गुथेर पुरस्कृत स्रस्टाहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । पु
धरान / धरानले आयामेली कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार वैरागी काइँलालाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन समारोह समितिले धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो । वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको छ । सम्मान समारोहमा सम्मानित वैरागी काइँलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पारे । यस्तै वरिष्ठ गायक श्रेष्ठका व्यक्तित्वबारे वरिष्ठ गीतकार शिवशंकर थापाले धार
विराटनगर / विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा शुक्रबारदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखे । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्
धरान/युवाकवि उत्तम लिम्बूको एकल कविता वाचन कार्यक्रम आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा उनले करिब डेढ दर्जन कविता सुनाएका थिए । ४०–५० जना स्रोता भएको सभाकक्षमा उनले कविता सुनाउँदा स्रोताहरू शान्त भएर ध्यानस्थ थिए । समसामयिक राजनीतिका विकृति र जीवनका विसङ्गतिहरूलाई चोटिला शब्दमा प्रस्तुत गर्न सिपालु लिम्बूले समकालीन जीवनका विविध भोगाइहरू पनि कवितामार्फत् व्यक्त गरे । कार्यक्रममा उनका कविताहरू कवि करुणा राई, छविना लुङ्गेली मगर र तीर्थराज विश्वकर्माले पनि सुनाएका थिए । कार्यक्रमको चाँजो पाँजो सिर्जनशील सामाजिक युवा समूहले मिलाएको थियो । समूहकी वरिष्ठ उपाध्यक्ष समीक्षा छिलिङ राईको अध
धरान / यहाँस्थित दोभान पार्कमा मङ्गलबार झन्डै एक दर्जन कवि र केही स्रोताहरू भेला भएका थिए । उद्देश्य थियो, प्रेम–कविता सुन्ने र सुनाउने । यो चाँजोपाँजो मिलाइदिएको थियो– धरान–३ वडा कार्यालयले ।प्रेम दिवसको अवसर पारेर धरान–३ ले केही वर्षयता हरेक वर्ष दोभान पार्कमा यस्तो कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै क्रममा मङ्गलबार पनि प्रेम दिवसकै दिन पारेर यसले कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चन्द्र गुरुङ, प्रदीप योङ्हाङ, इन्दु योन्जन, सन्तोष थेवे, सुदीप पाख्रिन, मिलन राई, हेनसेन याक्खा, विशाल नाल्बो, डा विशालबाबु भट्टराई, चेवन राईलगायतले कविता वाचन गरेका थिए
धरान : कवि करुणा राईको काव्यकृति ‘रसिया राग’ शनिबार लोकार्पण गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै अग्रज कवि बम देवानले राईका कवितामा गाउँले जीवनका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरिएको धारणा राखे । त्यस क्रममा उनले रसिया रागबारे पनि प्रस्ट्याएका थिए । ‘असारको रसिलो मौसममा धान रोपाइँ गर्दा गाइने असारे भाका नै रसिया राग हो’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कवि देवानले भने, ‘करुणाका कविताहरू रसिया रागजत्तिकै मधूर र रसमय छन् ।’ कार्यक्रममा कवि राईको काव्यकृतिमा भएका कविताबारे कवि मनु मन्जिलले पनि चर्चा गरेका थिए । सर्जक राईका कविताहर
जिब्रो सुरुमै थियो रौँ पछि उम्रेको हो,सग्लै थियो पहिले पछि घुङ्ग्रेको हो ।। सबैले मनपराएकै हुन् सुरु सुरुमातिम्रै कारण सबै सबै बिग्रेको हो ।। बादल लागेर ढपक्क छोपिए पछिपानी परेरै त आकाश उघ्रेको हो ।। अनौठो पनि के मान्नु रमिता न होमादल बजाउनै ऊ उता घुस्रेको हो ।। गीत जे पनि गाई दिन्छन् बजारमा,डाका भएरै रत्नाकार सुध्रेको हो ।।
सरकारले कर बढायो, बैंकले ब्याज पेट्रोल डिजेलको भाउले आकाश चुमो,व्यापारीले धितोमा लिएको ऋणले दिन– दिनै ब्यापार डुबायो अनि घर उठायो ।। घरमा राख्न धितोको लागि जग्गा थिएन, आमाको कानमा सुन थिएन, धितो राख्नकानिम्ति केही थिएन, व्यवसाय गर्न लगानी भएन, काम गर्न कुनै ठाउँ भएन अनि घर उठायो ।। बैंकले ब्याजदर दिन प्रतिदिन वृद्धि गर्यो,देशमा अर्थतन्त्रको मन्दी छायो आयात वस्तु भन्दा नियातीत वस्तु दिन प्रतिदिन वृद्धि भयो, धितोले परिवार सकायो अनि घर उठायो ।। देशमा राजनीतिक चलखेल भयो, हुनेले महल ठडाए, कार चलाए, महँगा रेस्टुरेन्ट हल्लाए, नहुनेले राहदानी हातमा बोकी मामुली भै खाडी कोचो अनि घर उठायो
प्रारम्भ / अहिले साहित्यमा नयाँ–नयाँ चिन्तन र विचारहरूले प्रवेश पाएका छन् । सभ्यता, संस्कृति, साहित्य र समालोचनामा उत्तरआधुनिकता मात्र होइन, पाश्चात्य जगत्मा उत्तर उत्तरआधुनिकताबारे पनि चर्चा–परिचर्चा सुरु भइसकेको छ । पछिल्ला केही दशकमा समालोचनामा लैङ्गिक समालोचना, पर्यावरणीय समालोचना, जनजातीय समालोचना जस्ता विविध क्षेत्रहरू देखिएका छन् । साहित्यमा प्रवेश पाएको जनजातीय चेतना पनि यस्तै एउटा नवीन चिन्तन हो । यस्ता साहित्यमा विषय, घटना, प्रसङ्ग र परिवेशलाई जनजातीय दृष्टिबाट हेरिएको हुन्छ । साहित्यमा यो प्रयोग र हेराइ यहाँ मात्र होइन, संसारभरि नै चलेको छ । यस्ता साहि