करुणाको ‘रसिया राग’ सार्वजनिक

  • फाल्गुन २, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान : कवि करुणा राईको काव्यकृति ‘रसिया राग’ शनिबार लोकार्पण गरिएको छ । 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै अग्रज कवि बम देवानले राईका कवितामा गाउँले जीवनका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरिएको धारणा राखे । त्यस क्रममा उनले रसिया रागबारे पनि प्रस्ट्याएका थिए । ‘असारको रसिलो मौसममा धान रोपाइँ गर्दा गाइने असारे भाका नै रसिया राग हो’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कवि देवानले भने, ‘करुणाका कविताहरू रसिया रागजत्तिकै मधूर र रसमय छन् ।’ 

कार्यक्रममा कवि राईको काव्यकृतिमा भएका कविताबारे कवि मनु मन्जिलले पनि चर्चा गरेका थिए । सर्जक राईका कविताहरू कविताजस्तै भएको उनको भनाइ थियो । सर्जक राईको सङ्क्षिप्त तर आकर्षक ‘भिडियो परिचय’ कार्यक्रमको प्रारम्भमा प्रस्तुत गरिएको थियो । सो भिडियो फोटोग्राफर एवम् भिडियो निर्देशक बिरेन सुब्बाले तयार पारेका थिए ।   

साहित्यिक समूह कलरव धरानले आयोजना गरेको सो समारोहमा कालेबुङबाट आएका कवि विशाल नाल्बो, अमेरिकाबाट आइपुगेका धराने कवि सन्तोष थेबे र भिडियो निर्देशक सुब्बाले कृतिभित्रका कविता वाचन गरेका थिए । सुब्बाले निर्देशन गरेका सर्जक राईकै ‘दृश्य–कविता’ हरू पनि कार्यक्रमको बीच–बीचमा प्रस्तुत गरिएका थिए । कार्यक्रममा आप्mनो धारणा राख्ने क्रममा कवि राईले पनि आप्mनो कविता वाचन गरेकी थिइन् । त्यस क्रममा उनले आप्mना केही कविताको रचनागर्भ पनि सुनाएकी थिइन् ।    

कार्यक्रम सञ्चालक कवि सुदीप पाख्रिनले कवि राईकी आमाको जन्मदिन पारेर कृति सार्वजनिक गरिएको जानकारी दिएका थिए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved